+
+
Shares

सुदूरपश्चिमका मुख्यमन्त्री भन्छन्– पार्टी निर्णयको प्रतीक्षामा छु

जनक विष्ट जनक विष्ट
२०८३ साउन १ गते ९:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टी केन्द्रको निर्णयबमोजिम अघि बढ्ने बताएका छन् ।
  • एमालेको समर्थन फिर्ताका कारण अल्पमतमा रहेका शाहले राजनीतिक परिस्थिति विकसित नभएसम्म तत्काल राजीनामा नदिने अडान लिएका छन्।
  • शाहले भने, \'केन्द्रमा नेकपासँग कुराकानी भइरहेको कुरा सुनेको छु, त्यसैले अर्को टुंगो नलाग्दासम्म पर्खिन्छु।\'
  • बजेट पारित नभए पनि कानुनी व्यवस्थाका कारण प्रदेशमा बजेट शून्यताको अवस्था नरहेको मुख्यमन्त्री शाहले उल्लेख गरेका छन् ।

१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टी केन्द्रको निर्णयअनुसार अघि बढ्ने बताएका छन् ।

एमालेले समर्थन फिर्ता लिएर अल्पमतमा परेको र नेकपाले समेत मार्गप्रशस्त गर्न सुझाव दिएका बेला मुख्यमन्त्री शाहले पार्टी निर्णय अनुसार अघि बढ्ने बताएका हुन् ।

संविधानअनुसार कुनै दलले सरकारलाई दिएको सर्मथन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाका कारण शाह अल्पमतमा परेपनि सरकारको नेतृत्वमै छन् ।

प्रदेश सभामा रहेको ठूलो दल नेकपाले शाहलाई मार्ग प्रशस्त गर्न अनुरोध गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय नै गरिसकेको छ । कांग्रेसले सबै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य तोड्ने निर्णय गरिसकेको छ ।

यस्तो अवस्थामा शाहले निकास दिनुपर्ने आवाज उठ्न थालेको छ । तर उनी भने अहिले राजनीतिक परस्थिति विकसित नभइसकेका कारण तत्काल पदबाट राजीनामा नदिने बताउँछन् ।

‘राजनीतिक रुपमा सत्ता सहकार्यका लागि अहिले नै कुनै परस्थिति बनिसकेको अवस्था छैन । पार्टी नेतृत्वले ठोस निर्णय दिनुपर्छ,’ शाहले अनलाइनखबरसँग भने, ‘केन्द्रमा नेकपासँग कुराकानी भइरहेको कुरा सुनेको छु । त्यसैले अर्को टुंगो नलाग्दा सम्म पर्खिन्छु ।’

एमालेले आफू नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि अहिले नै दोस्रो समीकरण नबेको कारण पनि तत्काल पदबाट छाड्नुपर्ने स्थिति नभएको बताउँछन् ।

प्रमुख प्रतिपक्षी दल नेकपाले मार्गप्रशस्त गर्न गरेको अनुरोधलाई भने स्वाभाविक रुपमा लिएको उनको भनाइ छ ।

शाहले केन्द्रीय तहमा हुने छलफल र निर्णयअनुसार आफूले पनि राजनीतिक निर्णय लिने उल्लेख गरे । प्रदेश सरकारले ल्याएको बजेट सभाबाट पारित हुन नसके पनि प्रदेशमा बजेट शून्यताको अवस्था नभएको उनी बताउँछन् ।

खासगरी राजस्व संकलन सम्बन्धीका काम नरोकिने गरी यसअघि नै कानुनी व्यवस्था गरेकाले बजेट शून्यता नहुने शाहले बताएका छन् ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?