+
+
Shares

भोक हडतालबारे टिप्पणी गर्दै आमिर खानले भने- ३ इडियट्स सोनम वाङ्चुकमा आधारित थिएन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १३:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता आमिर खानले लन्डन इन्डियन फिल्म फेस्टिभलमा आफ्नो 'थ्री इडियट्स' फिल्मको पात्र सोनम वाङ्चुकबाट प्रेरित नभएको स्पष्ट पारेका छन्।
  • आमिर खानले सोनम वाङ्चुकको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै उनले छिट्टै अनसन अन्त्य गर्ने आशा गरेका छन्।
  • वरिष्ठ अधिवक्ता प्रशान्त भूषणले आमिर खानको भनाइप्रति असन्तुष्टि जनाउँदै उनलाई अब 'फिक्का प्रतिछायाँ' बनेको टिप्पणी गरेका छन्।

लन्डन इन्डियन फिल्म फेस्टिभलमा आमिर खानले फिल्म ‘थ्री इडियट्स’ को आफ्नो ‘र्‍यान्चो’ पात्र सोनम वाङ्चुकबाट प्रेरित नभएको बताएका छन्।

उनले सोनम वाङ्चुकको स्वास्थ्यलाई लिएर चिन्ता पनि व्यक्त गरेका थिए । अभिनेता आमिर खानको सोही बयानलाई लिएर सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता प्रशान्त भूषणले प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिँदै प्रशान्त भूषणले भने, ‘आखिरकार आमिर खानलाई सोनम वाङ्चुकको अनसनको बारेमा सोधियो। उनको जवाफ विनम्र त थियो, तर त्यसमा कुनै विशेष उत्साह थिएन।’

भूषणले थप टिप्पणी गर्दै भने, ‘उनी अब त्यो मानिसको बस एउटा फिक्का प्रतिछायाँ बनेर बाँकी रहेका छन् जसले ‘३ इडियट्स’ र अन्य धेरै क्रान्तिकारी फिल्महरू बनाएका थिए, साथै ‘सत्यमेव जयते’ जस्तो प्रोग्राम पनि गरेका थिए, जसमा सोनम वाङ्चुक जस्ता धेरै प्रेरणादायी कथाहरू देखाइएको थियो।’

यसअघि आमिर खानले फिल्म ‘थ्री इडियट्स’ को आफ्नो पात्र ‘र्यान्चो’ सोनम वाङ्चुकबाट प्रेरित रहेको कुरालाई अस्वीकार गरेका थिए।

आमिरले सोनम वाङ्चुकको स्वास्थ्यलाई लिएर गहिरो चिन्ता व्यक्त गर्दै उनी छिट्टै आफ्नो भोक हड्ताल समाप्त गर्नेछन् भन्ने आशा व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?