+
+
Shares

ग्वार्कोस्थित गुण सिनेमा हल पुनः सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा हल कोरोना महामारीपछि लामो समय बन्द रहेर पुनः सञ्चालनमा आएको छ।
  • हल व्यवस्थापनले भवन र प्राविधिक पक्षको मर्मत सुधार गरी शुक्रबारदेखि नयाँ फिल्म प्रदर्शन गर्न थालेका छन्।
  • आठ पर्दा र ४१ देखि २६० सिट क्षमताका अडिटोरियम रहेको उक्त हलले हाल गौंथली र द ओडिसी लगायतका फिल्म प्रदर्शन गरिरहेको छ।

ललितपुर । ग्वार्कोस्थित गुण सिनेमा हल पुनः सञ्चालनमा आएको छ । शुक्रबारदेखि रिलिज भएका केही फिल्म देखाउँदै हल लामो समयपछि सञ्चालनमा आएको हो ।

कोरोना महामारीपछि हल बन्द थियो । भवन र प्राविधिक पक्षको मर्मतसुधार गर्दै हल पुनः सञ्चालनमा ल्याइएको प्रेषित विवरणमा जनाइएको छ ।

कुल ८ पर्दा रहेको हलमा ४१ देखि २६० सिट क्षमताका अडिटोरियम छन् । सर्भर, स्पिकर, ध्वनि र प्रोजेक्टरमा सुधार गरिएको जनाइएको छ ।

२०५२ सालमा खुलेको यो हलले नेपाली फिल्मको व्यवसायमा योगदान दिएको छ । गुण हलले ०७९ बैशाखबाट दरबारमार्गमा दरबार सिनेम्याक्स सञ्चालन गरिरहेको छ । अहिले हलमा गौंथली, द ओडिसी, धमाल ४ लगायतका फिल्म प्रदर्शन भैरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?