+
+
Shares

काठमाडौंमा पाँचवटा सवारी साधन आपसमा ठोक्किँदा १० जना घाइते

एक जना घाइतेको अवस्था गम्भीर, अन्य सामान्य

दुर्घटनामा संलग्न सबै सवारीसाधन प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १८:५२

१ साउन, काठमाडौं । काठमाडौंमा पाँचवटा सवारी साधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । काठमाडौं महानगरपालिका–४ मा कतार भिसा सेन्टर अगाडिको सडक खण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारी साधन आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चाबहिलबाट चक्रपथतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ६डीडी ६०६३ नम्बरको कार, बा २ ज ३५७८ नम्बरको ट्याक्सी, लु ११ प ४९७५ नम्बरको पल्सर मोटरसाइकल, बा ७३ ज ३७२३ नम्बरको मोटरसाइकल र बा.प्र.०२–०६८ प १०५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।

घाइतेमध्ये कुन्तिमाया लिम्बूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको अवस्था भने मध्यम रहेको प्रहरीले भनेको छ ।

सबै घाइतेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न सबै सवारीसाधन प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?