News Summary
Generated by OK AI. Editorially reviewed.- सिप्रदी अटोपार्ट्सले च्यानल पार्टनरका युवा पुस्तालाई लक्षित गर्दै उद्यमशीलता विकास तालिम सुरु गरेको छ।
- तालिमको मुख्य उद्देश्य पारिवारिक व्यवसायलाई पुस्तान्तरणमार्फत दिगो बनाउँदै युवालाई स्वदेशमै उद्यमी बन्न प्रेरित गर्नु रहेको छ।
- सिप्रदीका पदाधिकारीहरूले व्यवसायलाई डिजिटल र आधुनिक बनाउन नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
४ साउन, काठमाडौं । टाटा जेन्युइन पार्ट्सका आधिकारिक बिक्रेता सिप्रदी अटोपार्ट्स प्रालिले आफ्ना च्यानल पार्टनरहरूको दोस्रो पुस्ता (नेक्स्ट जेनेरेसन) लाई लक्षित गर्दै उद्यमशीलता विकास तालिम सुरु गरेको छ।
सिप्रदी ट्रेनिङ सेन्टरमा आइतबारदेखि सुरु भएको तालिमको उद्देश्य स्थापित अटोपार्ट्स व्यवसायलाई पुस्तान्तरणमार्फत दिगो बनाउनुका साथै नयाँ पुस्ताका व्यवसायीमा व्यावसायिक दक्षता अभिवृद्धि गर्नु रहेको कम्पनीले जनाएको छ।
तालिममार्फत युवालाई विदेश पलायन हुनुभन्दा स्वदेशमै उद्यमशीलताका अवसर पहिचान गर्न र आधुनिक सोच तथा प्रविधिको प्रयोग गर्दै पारिवारिक व्यवसायलाई थप विस्तार गर्न प्रेरित गरिएको छ ।
तालिम कार्यक्रमको उद्घाटन सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत (सीओओ) राजेशप्रसाद गिरी, सिप्रदी अटोपार्ट्सका सिनियर जनरल म्यानेजर युवराज बुढाथोकी तथा जनरल म्यानेजर–एचआर शर्मिला मानाको उपस्थिति थियो।
कार्यक्रमको पहिलो चरणमा च्यानल पार्टनरका नौ जना उत्तराधिकारी युवा व्यवसायी सहभागी भएका छन्। उद्घाटन सत्रमा सहभागीहरूले तालिमबाट आफूले राखेका अपेक्षा, भविष्यको व्यवसायिक योजना तथा दृष्टिकोणबारे धारणा राखेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिप्रदीका पदाधिकारीहरूले नेपालको अटोपार्ट्स व्यवसायलाई थप व्यवस्थित, डिजिटल र आधुनिक बनाउन नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने बताए। उनीहरूले युवा वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश जानुभन्दा स्वदेशमै रहेर पारिवारिक व्यवसायलाई नयाँ सोच र प्रविधिसहित अगाडि बढाए देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुग्ने धारणा व्यक्त गरे।
सिप्रदी अटोपार्ट्सले आगामी दिनमा तालिम कार्यक्रमलाई विस्तार गर्दै देशभरका अन्य च्यानल पार्टनरका भावी उत्तराधिकारीलाई पनि समेट्ने योजना बनाएको जनाएको छ।
कम्पनीका अनुसार तालिमले भावी व्यवसायी तथा व्यवस्थापकलाई टाटा जेन्युइन पार्ट्सको बजारबारे बुझ्न, वैज्ञानिक ढंगले व्यवसाय व्यवस्थापन गर्न, नाफा वृद्धि गर्ने रणनीति अपनाउन तथा डिजिटल प्रविधिको प्रयोगमार्फत व्यवसाय विस्तारको दीर्घकालीन योजना बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 4