+
+
Shares

लक्ष्मी सनराइज बैंक, काम्दी सामुदायिक वन र डब्लूडब्लूएफबीच ग्रिन अभियानमा सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १२:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लक्ष्मी सनराइज बैंकले द गोल इज ग्रिन अभियानका लागि डब्लूडब्लूएफ नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ।
  • बैंकले फिफा वर्ल्ड कप २०२६ का प्रत्येक गोल बराबर एक वटा रूख रोप्ने प्रतिबद्धता जनाएको छ।
  • बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले निजी क्षेत्रको लगानीले वातावरणीय पुनर्स्थापनामा योगदान दिन सक्ने उल्लेख गर्नुभयो।

५ साउन, काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीको सामना गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै लक्ष्मी सनराइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान द गोल इज ग्रिन कार्यान्वयनका लागि डब्लूडब्लूएफ नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ।

यस अभियान अन्तर्गत फिफा वर्ल्ड कप २०२६ का सम्पूर्ण खेलका प्रत्येक गोल बराबर एक वटा रूख रोप्ने प्रतिबद्धता बैंकले गरेको थियो। विश्वकै सबैभन्दा लोकप्रिय खेल प्रतियोगिताको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै बैंकले नेपालमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरेको हो।

द गोल इज ग्रिनले विश्वव्यापी खेलकुदको रोमाञ्चलाई स्थानीय स्तरको जलवायु तथा वातावरणीय संरक्षणसँग जोड्ने बैंकको लक्ष्यलाई प्रतिबिम्बित गर्छ । आकारका हिसाबले यो अभियान सीमित भए पनि वैज्ञानिक आधारमा योजना बनाई स्थानीय समुदायसँगको सहकार्यमा कार्यान्वयन गर्दा निजी क्षेत्रको लगानीले वातावरणीय पुनर्स्थापनामा  योगदान दिन सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले उल्लेख गरे ।

उनका अनुसार सहकार्यअन्तर्गत डब्लूडब्लूएफ नेपालले अभियानको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ। संरक्षण क्षेत्रमा हासिल गरेको लामो अनुभव र विशेषज्ञताको आधारमा डब्लूडब्लूएफ नेपालले बैंकलाई आफ्नो स्थानीय संरक्षण साझेदार काम्दी सामुदायिक वन समन्वय समितिसँग जोडेको हो।

काम्दी सामुदायिक वन समन्वय समितिले उपयुक्त स्थानमा स्थानीय जैविक विविधताअनुकूल रैथाने प्रजातिका बिरुवा रोप्नुका साथै तिनको दीर्घकालीन संरक्षण र व्यवस्थापन गर्नेछ भने डब्लूडब्लूएफ नेपालले प्रजाति छनोट, रोपाइँका लागि उपयुक्त क्षेत्रको पहिचान तथा पारिस्थिति अनुकूल पुनर्स्थापना सम्बन्धी प्राविधिक मार्गदर्शन प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?