+
+
Shares

जीडब्लूएमको आफ्नै ब्याट्री प्रविधि, ईभीमा नयाँ मापदण्ड ल्याउने कम्पनीको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जीडब्लूएमले आफ्नै भगिनी कम्पनी एसभोल्टमार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ।
  • नेपालमा सार्वजनिक ओरा ५ ईभीमा जीडब्लूएमको अत्याधुनिक ड्रागन आर्मर ब्याट्री प्रयोग गरिएको छ।
  • ड्रागन आर्मर ब्याट्रीको डाउनवर्ड भेन्टिङ सिस्टमले दुर्घटनाको समयमा ताप र आगोलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई सुरक्षित राख्छ।

५ साउन, काठमाडौं । विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको प्रमुख प्राथमिकता बन्न थालेको छ।

धेरैजसो अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने भए पनि जीडब्लूएम विश्वका थोरै अटोमोबाइल उत्पादकमध्ये एक हो, जसले आफ्नै भगिनी कम्पनी एसभोल्ट इनर्जीमार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ।

यही कारण जीडब्लूएमले आफ्नो ब्याट्री प्रविधिको गुणस्तर, सुरक्षा र विश्वसनीयतामाथि पूर्ण नियन्त्रण कायम गर्न सफल भएको जनाएको छ।

नेपालमा हालै सार्वजनिक भएको जीडब्लूएम ओरा ५ ईभी एसयूभीमा प्रयोग गरिएको ड्रागन आर्मर ब्याट्री पनि जीडब्लूएम अन्तर्गतको अत्याधुनिक ब्याट्री निर्माता कम्पनी एसभोल्टले विकास तथा उत्पादन गरेको हो।

वर्षौंको अनुसन्धान र प्रविधि विकासपछि तयार गरिएको यो ब्याट्रीले आगो तथा पानी प्रतिरोधी उच्च सुरक्षा, लामो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ क्षमता तथा उत्कृष्ट कार्यसम्पादनलाई एउटै प्लेटफर्ममा समेटेको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार ड्रागन आर्मर ब्याट्री नाम रहनुको कारण यसको विशेष आन्तरिक संरचना हो। ब्याट्रीभित्र रहेका सेलहरू ड्रागनको खप्टाजस्तै तह–तहमा मिलाएर राखिएका छन्। यसले विशेष प्रकारको डाउनवर्ड भेन्टिङ सिस्टम निर्माण गर्छ, जसले कुनै असामान्य अवस्थामा ताप वा आगो उत्पन्न भए पनि त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई तलतर्फ बाहिर निकाल्ने कार्य गर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?