+
+
Shares

ओरा ५ पछि जीडब्लूएमको हाभल बीईभी आउँदै, चीनपछि नेपालमा सार्वजनिक हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १२:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली बजारमा ओरा ५ ईभीले प्राप्त गरेको उत्साहजनक सफलतापछि जीडब्लूएमले नेपाललाई आफ्नो प्राथमिक अन्तर्राष्ट्रिय बजारका रूपमा अघि बढाउने निर्णय गरेको छ।
  • जिीडब्लूएमले आगामी अगस्ट महिनामा चीनपछि पहिलो पटक आफ्नो नयाँ हाभल बीईभी मोडल नेपालमै सार्वजनिक गर्ने तयारी गरेको छ।
  • कम्पनीले आगामी दिनमा हाभल एच ७ तथा ट्याङ्क ५०० जस्ता प्रिमियम मोडलहरू समेत नेपाली बजारमा भित्र्याउने योजना रहेको जनाएको छ।

१३ असार, काठमाडौं । जीडब्लूएमले विद्युतीय एसयूभी ओरा ५ ले नेपाली बजारमा प्राप्त गरेको उत्साहजनक सफलतापछि कम्पनीले नेपाललाई आफ्नो प्राथमिक अन्तर्राष्ट्रिय बजारमध्ये एकका रूपमा अघि बढाउने निर्णय गरेको छ।

नेपालका लागि जीडब्लूएमको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालि मार्फत सार्वजनिक गरिएको ओरा ५ ईभी एसयूभीले छोटो समयमै उपभोक्ता, अटोमोबाइल पारखी तथा उद्योग क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ।

प्रिमियम डिजाइन, अत्याधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड तथा विद्युतीय सवारीप्रतिको बढ्दो विश्वासका कारण ओरा ५ नेपाली बजारमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार ओरा ५ को सफलतापछि नेपालप्रति जीडब्लूएमको रणनीतिक प्राथमिकता अझ बढेको छ। यसअघि जीडब्लूएमले ओरा ५ ईभी एसयूभी चीन र थाइल्यान्डपछि तेस्रो बजारका रूपमा नेपालमा सार्वजनिक गरेको थियो।

उपभोक्ताबाट प्राप्त विश्वास र समर्थनले नेपाललाई कम्पनीको महत्वपूर्ण अन्तर्राष्ट्रिय बजारका रूपमा स्थापित गर्न सहयोग पुगेको कम्पनीले जनाएको छ।

यसैबीच, जीडब्लूएमले आगामी अगस्टमा आफ्नो नयाँ हाभल ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी) नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ।

कम्पनीका अनुसार उक्त मोडल चीनपछि पहिलो पटक नेपालमै सार्वजनिक हुनेछ। यसले नेपाललाई जीडब्लूएमको विश्वव्यापी उत्पादन सार्वजनिक गर्ने प्राथमिक बजारमध्ये एकका रूपमा स्थापित गरेको कम्पनीको भनाइ छ।

कम्पनीले आगामी दिनमा नयाँ हाभल बीईभी, हाभल एच ७ तथा प्रिमियम अफ–रोड एसयूभी ट्याङ्क ५०० लगायतका अन्तर्राष्ट्रिय स्तरका विभिन्न मोडल नेपाली बजारमा ल्याउने तयारी गरेको जनाएको छ। यसमार्फत नेपालमा प्रिमियम एसयूभी तथा नयाँ पुस्ताको मोबिलिटी सेग्मेन्टमा दीर्घकालीन उपस्थिति विस्तार गर्ने लक्ष्य रहेको कम्पनीको भनाइ छ।

उत्पादन विस्तारसँगै सेवा सञ्जाललाई पनि सुदृढ बनाइने कम्पनीले जनाएको छ। भीजी इम्पेक्स प्रालिले देशभर बिक्री सञ्जाल विस्तार गर्नुका साथै स्पेयर पार्ट्सको उपलब्धता र अत्याधुनिक ‘आफ्टर सेल्स सर्भिस थप प्रभावकारी बनाउने योजनामा काम गरिरहेको जनाएको छ।

नेपालमा विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला ओरा ५ ईभी एसयूभीको सफलताले नेपाली उपभोक्ताको विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षणलाई पुष्टि गरेको कम्पनीको दाबी छ। साथै, नेपाल अब विश्वका अग्रणी अटोमोबाइल कम्पनीहरूको रणनीतिक प्राथमिकतामा पर्ने बजारका रूपमा स्थापित हुँदै गएको कम्पनीले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?