News Summary
Generated by OK AI. Editorially reviewed.- जगदम्बा मोटर्सले नेपालमा प्रोटोन ईमास ५ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ ।
- जगदम्बा मोटर्सका एक्जुकेटिभ डाइरेक्टर अखिल गुप्ताले ‘ईमास ५ ले नेपाली ग्राहकका लागि अत्याधुनिक प्रविधि, व्यावहारिक उपयोगिता, उत्कृष्ट विशेषता र सही मूल्यको संयोजन प्रदान गर्दछ’ भने ।
- ईमास ५ प्राइमको मूल्य २९.९९ लाख र प्रिमियम भेरियन्टको मूल्य ३४.९९ लाख रूपैयाँ तोकिएको छ ।
५ साउन, काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंमा विशेष समारोह आयोजना गरी नयाँ प्रोटोन ईमास ५ कम्प्याक्ट एसयूभी आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय गाडीको रूपमा ल्याइएको ईमास ५ एक नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको विकल्प हो, जसले ग्राहकलाई सहरी जीवनशैली र दैनिक यात्रा अनुभवमा नयाँ आयाम थप्छ ।
प्रोटोन ईमास ५ ले हालसालै मलेसियाको प्रतिष्ठित ‘अलायान्ज डीएसएफ भेहिकल अफ द इयर अवाड्र्स’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ को उपाधि हासिल गरी अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको छ । अत्याधुनिक प्रविधि र बौद्धिक (इन्टेलिजेन्ट) डिजाइनको उत्कृष्ट संगम रहेको ईमास ५ मा ‘वायरलेस एप्पल कारप्ले’ र ‘एन्ड्रोइड अटो’ सुविधासहित १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली रहेको छ ।
साथै, अगाडि ७० लिटरको फ्रन्ट ट्रङ्क (फ्रङ्क) र पछाडि ३७५ लिटरको ‘एक्पान्डेबल रियर लगेज कम्पार्टमेन्ट’ सहित उपयोगितालाई ध्यानमा राख्दै बनाइएका सामान राख्न गर्न मिल्ने ३२ वटा विभिन्न ठाउँ (स्टोरेज कम्पार्टमेन्ट्स) रहेका छन्, जसले नियमित दैनिक छोटो दूरीको यात्रा र लामो दूरीको भ्रमण दुवैका लागि व्यवहारिक उपयोगिता र सहजता प्रदान गर्दछ ।
सार्वजनिकीकरण समारोहमा नेपालस्थित मलेसियन दूतावासका प्रतिनिधि, अटोमोबाइल क्षेत्रका सरोकारवाला, व्यावसायिक साझेदार, सञ्चारकर्मी, अटो–पत्रकार, इन्फ्लुएन्सर तथा ग्राहकको उपस्थिति रहेको थियो ।
सो अवसरमा जगदम्बा मोटर्सका एक्जुकेटिभ डाइरेक्टर अखिल गुप्ताले विद्युतीय गाडीका विकल्प तीव्र गतिमा विस्तार गर्ने लक्ष्यअनुसार प्रोटोन ईमास ५ नेपालमा सार्वजनिक गरिएको बताए । ‘ईमास ५ ले नेपाली ग्राहकका लागि अत्याधुनिक प्रविधि, व्यावहारिक उपयोगिता, उत्कृष्ट विशेषता र सही मूल्यको संयोजन प्रदान गर्दछ’ उनले भने, ‘यसले गर्दा यो ईभी नेपाली ग्राहकको निम्ति एक उत्कृष्ट कम्प्याक्ट एसयूभीको विकल्प बन्न पुग्छ ।’

मलेसियाको अग्रणी राष्ट्रिय सवारी साधन ब्रान्ड प्रोटोनले सन् २०१७ देखि जिलीसँगको आफ्नो रणनीतिक साझेदारी मार्फत अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै आएको छ । हाल प्रोटोन ईमास ब्रान्ड मलेसियाको अग्रणी विद्युतीय सवारी साधन ब्रान्डको रूपमा उदाएको छ र यसले नेपाल लगायतका अन्तर्राष्ट्रिय बजारहरूमा आफ्नो पकड मजबुत बनाउँदै लगेको छ ।
प्रोटोन इन्टरनेसनलका डेपुटी डाइरेक्टर लि झिदानले ईमास ५ ले विश्वव्यापी बजारमा बलियो पहिचान बनाइसकेको बताए । ‘विश्वभरका ६ लाख १० हजारभन्दा बढी ग्राहकहरूले प्रोटोन ईमास ५ मा प्रयोग भएको प्लेटफर्मलाई अपनाएका छन्’ उनले भने ‘प्रोटोन ईमास ५ ले उन्नत प्रविधि, भरपर्दो सुरक्षा र उत्कृष्ट मूल्यसहितका गाडीहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धता झल्काउँदछ ।’
प्रोटोनको अन्तर्राष्ट्रिय विकास रणनीतिमा नेपाल एक महत्त्वपूर्ण बजार रहेको उनले बताए । जगदम्बा मोटर्ससँगको सहकार्यले प्रोटोन ईमास ब्रान्डलाई भरपर्दो बनाउँदै नवप्रवर्तनीय विद्युतीय सवारी–साधन खोज्नेलाई उपलब्धता गराउने उनको भनाइ छ ।
प्रोटोन ईमास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । ईमास ५ प्राइम भेरियन्टको २९.९९ लाख र प्रिमियम भेरियन्टको ३४.९९ लाख सुरुवाती मूल्य तोकिएको छ । यी विशेष सुरुवाती मूल्यहरू पहिलो १०० ग्राहकका लागि र सीमित अवधीको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4