+
+

प्रचण्डले आन्दोलनको मर्म भुलेः पद्मरत्न तुलाधर

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २ गते १५:५०

२ कात्तिक, काठमाडौं । आदिवासी जनजाति आन्दोलनका अगुवा पद्मरत्न तुलाधरले कांग्रेस, एमाले र क्रान्तिकारी स्प्रीडबाट आएका प्रचण्डले जनयुद्ध र जनआन्दोलनको मर्म भुलेको बताएका छन् ।

padhmaratna-tuladharनेपाल आदिबासी जनजाति पत्रकार महासंघले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले भने-‘यसैले अझै पनि आन्दोलनका कुरा भइरहेका छन् ।’

सबै वर्ग, जाति र समुदायलाई विभेदबाट मुक्त बनाउने संविधान नआए आदिवासी जनजातिले नमान्ने भन्दै उनले भने-‘नेपाल सम्वत जनताको मुक्तिबाट स्थापित भएको संवत हो, यसलाई ब्यवहारिक रुपमा लागु गर्नु पर्दछ ।’

सडकमा हुँदा आन्दोलनका कुरा गर्ने नेताहरुले सत्तामा पुगेपछि विभेद गर्ने गरेका भन्दै नागरिक अगुवा तुलाधरले जनताले परिवर्तनको अनुभूति गर्न नपाएको बताए । ‘जनयुद्ध र जनआन्दोलनमा सबै तह र तप्काको सहभागिता थियो तर फेरि पनि बहुसंख्यक जनतामाथि विभेद कायमै छ’ उनले भने-‘सबैखाले विभेद कायम राखेर गणतन्त्र घोषणा गरेर केही हुँदैन ।’

तुलाधरले नेपाल नेपाल सम्वत औपचारिक रुपमा मात्र लिएकोमा गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?