+
+
Shares

नेपाल आउने तयारीमा इलेक्ट्रिक एसयूभी दिपल निभो क्यू ०५

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले नयाँ इलेक्ट्रिक एसयूभी दिपल निभो क्यू ०५ सार्वजनिक गर्ने तयारी गरेको छ।
  • यो गाडीले अटोमोटिभ डिजाइन विधामा प्रतिष्ठित २०२६ गोल्ड ए डिजाइन अवार्ड जितेको छ।
  • क्यू ०५ ले सीएटीएलको ब्याट्री र तीव्र गतिमा चार्ज गर्ने क्षमताका साथै फराकिलो इन्टेरियरसहित सहरी सडकका लागि सहज अनुभव प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ।

८ साउन, काठमाडौं । नेपालका लागि इन्टेलिजेन्ट र लक्जरी ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी दिपल निभो क्यू ०५ सार्वजनिक गर्ने तयारी गरेको छ ।

‘यो एउटा अर्को एसयूभी मात्र होइन, आकर्षक उपस्थिति, कम्फर्ट, व्यवहारिकता र इन्टेलिजेन्ट प्रविधिको सन्तुलित संयोजन भएकाले एसयूभी बजारमा नयाँ मापदण्ड स्थापित गर्नेछ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।

प्रसिद्ध अटोमोटिभ डिजाइन क्लाउस जाइसिओराको डिजाइन नेतृत्वमा सिर्जना गरिएको यसको डिजाइनले अन्तर्राष्ट्रिय मान्यता समेत प्राप्त गरिसकेको छ । यसले अटोमोटिभ डिजाइन विधामा प्रतिष्ठित २०२६ गोल्ड ए डिजाइन अवार्ड जितेको छ ।

सहरी सडकमा सजिलै चलाउन सकिने आकारमा डिजाइन गरिएको क्यू ०५ मा लामो २७३५ एमएमको ह्विलबेस दिइएको छ । यसले यात्रुका लागि उदार स्पेस र व्यवहारिक लगेज क्षमता सिर्जना गर्छ । भिडभाडयुक्त सहरी सडकमा अनावश्यक रुपमा ठूलो गाडी चलाउनुपर्ने वा कुनै असुविधाविना यसले फराकिलो ठाउँ उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

चीनको भित्री मंगोलियास्थित याकेसीमा आयोजित २०२६ ग्लोबल टेस्टिङ सिजनका क्रममा क्यू ०५ को न्युन घर्षणयुक्त बरफको सतहमा इन्टेलिजेन्ट ड्राइभिङको सफल परीक्षण गरिएको थियो । साथै यसमा सीएटीएलको ब्याट्री र तीव्र गतिमा चार्ज गर्ने क्षमता पनि रहेको छ ।

क्यू ०५ यो वर्ष चीनमा आफ्नो सेग्मेन्ट लिडर बन्न सफल भएको कम्प्याक्ट एसयूभी हो । योवर्ष जुनको अन्त्यसम्ममा चीनमा ७६ हजारभन्दा बढी क्यू ०५ बिक्री भइसकेको छ ।

पुरस्कृत डिजाइन, अपेक्षाभन्दा ठूलो इन्टेरियर, इन्टेलिजेन्ट प्रविधि र अन्तर्राष्ट्रिय बजारमा प्रमाणित लोकप्रियताले यो इलेक्ट्रिक एसयूभीलाई नेपालमा बहुप्रतिक्षित बनाएको कम्पनीले जनाएको छ । तथापी नेपाली बजारमा आउने भेरियन्ट, स्पेसिफिकेसन, फिचर र मूल्यका बारेमा आधिकारिक लन्चमै सार्वजनिक हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?