+
+
Shares

प्रचण्डको टिप्पणी- सामाजिक सञ्जालको अफिमले नेपाली जनतालाई लठ्ठ पारिएछ

‘यो पटक नेपाली जनतालाई पनि अफिम खुवाएछन् । मैले जनताको अपमान गर्न खोजेको होइन, कस्तो सोसियल मिडियाबाट अल्गोरिदिमिक मेनुपुलेसन जो भन्ने गर्छौं त्यो अफिमै हो । लठ्ठ पारिदिए सबैलाई,’ प्रचण्डले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १६:०३

८ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ अफिम युद्धजस्तै साम्राज्यवादीले नेपाली जनतालाई सामाजिक सञ्जालको अफिमबाट लठ्ठ पारेको टिप्पणी गरेका छन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।

‘साम्राज्यवादीहरूले चीनको प्राकृतिक स्रोतसाधन कसरी लुट्ने भन्दा त्यहाँका जनतालाई अफिमको लत बसाइदिने,’ प्रचण्डल चीनको घटना भन्दै अगाडि भने, ‘आम रूपमा जनतालाई अफिम खुवाएर लठ्ठ पारेपछि केको राष्ट्रिय स्वाधीनता, केको क्रान्ति, केको परिवर्तन ! केही गर्नुपरेन अनि साम्राज्यवादीले चीनको स्रोतसाधन आफ्नो कब्जामा पार्थे ।’

यसपटक नेपालमा चीनको त्यही घटना दोहोरिएको उनको टिप्पणी थियो ।

‘यो पटक नेपाली जनतालाई पनि अफिम खुवाएछन् । मैले जनताको अपमान गर्न खोजेको होइन, कस्तो सोसियल मिडियाबाट अल्गोरिदिमिक मेनुपुलेसन जो भन्ने गर्छौं त्यो अफिमै हो । लठ्ठ पारिदिए सबैलाई,’ प्रचण्डले भने ।

अब नेपालमा पनि अफिम युद्ध चलाउनुपर्ने आवश्यकता भएको प्रचण्डले टिप्पणी गरे । उनले भने, ‘हामीले अफिम युद्ध चलाउनुपर्ने भयो । अब अर्को उपाय भएन । जुनदिन अफिमको नसाबाट चिनियाँ जनता मुक्त भएपछि क्रान्ति अगाडि बढ्यो यहाँ पनि सोसियल मिडियाको अफिमबाट नेपाली युवालाई दुरुस्त पार्न सक्यौं भने युवाले राष्ट्रलाई स्वाधीनताका निम्ति बलिदान गर्ने आँट गर्छन् । त्यो काम गर्नुपर्नेछ । गर्नैपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?