+
+
Shares

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशनका निमित्त प्रमुखको आर्थिक–प्रशासनिक अधिकार रद्द

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अछामको रामरोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ।
  • मन्त्रालयले शाखा अधिकृत तारा दत्त भट्टलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउने निर्णय कार्यान्वयन गराउन उक्त कदम चालेको हो।
  • कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अबदेखि भट्टमार्फत मात्र गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ।

८ साउन, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामरोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ ।

मन्त्रालयले गरेको निर्णयबाट शाखा अधिकृत तारा दत्त भट्टलाई रामरोशन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइसकेकाले उक्त निर्णय कार्यान्वयन गर्न निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको हो ।

मन्त्रालयले गाउँपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत तारा दत्त भट्टलाई तत्काल हाजिर गराई नियमित कामकाजमा लगाउन अनुरोध गरेको छ ।

मन्त्रालयले कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जगत बहादुर रावललाई दिइएको आर्थिक जिम्मेवारी रद्द गरिएको जानकारी गराउँदै अबदेखि मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृत तारा दत्त भट्टमार्फत मात्र गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?