News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको कालिगण्डकी गाउँपालिका–४ स्थित कालीगण्डकी नदीको बगरमा बागलुङकी ४५ वर्षीया शकुन्तला शर्माको शव फेला परेको छ ।
- शनिबार बिहानदेखि सम्पर्कविहीन भएकी मृतक शर्मा लामो समयदेखि मानसिक रोगको औषधि सेवन गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
- प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
९ साउन, गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिका–४ पनौटा स्थित कालीगण्डकी नदीको बगरमा एक महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शनिबार दिउँसो स्थानीयवासीले नदीले बगाएर ल्याएको जस्तो देखिने एक महिलाको शव घोप्टो परेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गर्ने क्रममा उक्त शव बागलुङ जिल्ला जैमिनी नगरपालिका–७ डौवाफाँट निवासी करिब ४५ वर्षीया शकुन्तला शर्माको रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डिएसपी ) वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।
मृतकको छिमेकी प्रकाश चालिसे लगायतले शवको पहिचान गरेका हुन् । प्रहरीका अनुसार शकुन्तला शर्मा शनिबार बिहान करिब ४ बजेदेखि घरबाट सम्पर्कविहीन रहेको बुझिएको छ ।
उनी लामो समयदेखि मानसिक रोगको उपचार गराउँदै औषधि सेवन गर्दै आएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ ।
शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ भने घटनाको थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय गुल्मीले गरिरहेको छ ।
प्रतिक्रिया 4