News Summary
Generated by OK AI. Editorially reviewed.- २६ भदौमा प्रदर्शन हुने फिल्म ‘बेहुली’को प्रवर्धन गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ ।
- गीतमा निर्माता अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर छ ।
- सन्तोष कँडेलले निर्देशन गरेको फिल्ममा पारस बम, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङ मुख्य भूमिकामा रहेका छन् ।
काठमाडौं । २६ भदौदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली’को प्रवर्धन गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ । आयोजित प्रेसमिटमा लोक स्वादको गीत सार्वजनिक गरियो ।
गीतमा निर्मातासमेत रहेका अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको गायन समावेश छ । नरेश बिबिसीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
पारस बम, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङ गीतमा फिचर्ड छन् । सियोन श्रेष्ठले गीतको नृत्य निर्देशन गरेकी हुन् । यही फिल्मबाट फिल्म निर्माणमा हात हालेका पोखरेलले यो गीत प्रचारप्रसारका लागि फरक स्वादमा तयार पारिएको बताए ।
सन्तोष कँडेलको निर्देशन र माधव शर्माको पटकथा रहेको फिल्मलाई द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । पोखरेल प्रस्तुतकर्ता, प्रताप राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन् ।
प्रतिक्रिया 4