+
+
Shares

‘मिस युनिभर्स नेपाल २०२६’ अडिसन खुला

ग्लोबल ग्ल्यामर भेन्चरले ‘मिस युनिभर्स नेपाल २०२६’ का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ९ गते २२:०६

९ साउन, काठमाडौं । ग्लोबल ग्ल्यामर भेन्चरले ‘मिस युनिभर्स नेपाल २०२६’ का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ ।

आयोजक संस्थाले काठमाडौंको सोल्टी होटलमा आयोजना गर्दै यस वर्षको प्रतियोगिताको अडिसन प्रक्रिया औपचारिक रूपमा सुरु भएको जनाएको हो  ।

यस वर्षको प्रतियोगिता ‘तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ’ भन्ने नारासहित आयोजना हुँदैछ । आयोजकका अनुसार नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्नसक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी महिलाको खोजी गर्नु प्रतियोगिताको मुख्य उद्देश्य हो ।

मिस युनिभर्स नेपालकी नेसनल डिरेक्टर सङ्गीता पुरीले यस वर्षका लागि आफ्नो टिमले कार्यक्रमका लागि अझ भव्य तयारी गरेको बताइन् । अडिसन भने अगस्ट १ मा हुने उनले जानकारी दिइन् । फिनाले आगामी ६ सेप्टेम्बरमा सोल्टी होटलमै हुनेछ ।

प्रतियोगितामा अविवाहित र विवाहित दुवै महिलाले सहभागिता जनाउन सक्ने बताइएको छ । यस्तै, नेपालबाहिर रहेका गैरआवासीय नेपालीले पनि प्रतियोगितामा सहभागिता जनाउनसक्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार आवेदन प्रक्रिया आधिकारिक रूपमा खुलिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?