+
+
Shares

प्रदेश सभापति र मुख्यमन्त्रीसँग कांग्रेस नेतृत्वको छलफल

नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, आफ्नो दलबाट रहेका मुख्यमन्त्री, प्रदेश संसदीय दलका नेताहरूसँग छलफल गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १३:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले बदलिएको केन्द्रीय राजनीतिक परिवेशमा आफ्नो रणनीति तय गर्न सातै प्रदेशका सभापति, मुख्यमन्त्री र संसदीय दलका नेताहरूसँग छलफल गरेको छ।
  • छलफलमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेलसहितका नेताहरू सहभागी भएका छन्।
  • एमाले र कांग्रेसबीच सत्ता गठबन्धनको सहमति भएपछि प्रदेश सरकारहरूको भूमिकाबारे छलफल गर्न सो बैठक आयोजना गरिएको हो।

१० साउन, काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, आफ्नो दलबाट रहेका मुख्यमन्त्री, प्रदेश संसदीय दलका नेताहरूसँग छलफल गरेको छ ।

सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेलसहितले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित प्रदेश सभापतिहरूसँग छलफल गरेका हुन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको सचिवालयका अनुसार पछिल्लो समय बदलिएको केन्द्रीय राजनीनिक परिवेशमा प्रदेशमा राजनीतिक भूमिका निर्वाह गर्ने सन्दर्भमा सभापति उपसभापतिहरु, महामन्त्रीहरु लगायतसँग छलफल भएको हो ।

नेकपा एमाले र नेकपाले प्रदेशमा सत्ता गठबन्धनको सहमति गरेसँगै कांग्रेसले आफ्नो रणनीति तय गर्न प्रदेशका सभापति र मुख्यमन्त्रीहरूसँग छलफल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?