News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालका डा. प्रमोद राममाथि भएको सांघातिक आक्रमणको कडा शब्दमा भर्त्सना गरेको छ।
- शनिबार करिब ४०–५० जनाको समूहले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्दै डा. राममाथि मरणासन्न हुनेगरी आक्रमण गरेका हुन्।
- संघले घटनामा संलग्न दोषीलाई अविलम्ब कानुनको दायरामा ल्याई स्वास्थ्यकर्मीका लागि भयरहित वातावरण सुनिश्चित गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ।
१० साउन, वीरगञ्ज । नेपाल चिकित्सक संघले शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ ।
संघले आज विज्ञप्ति जारी गर्दै डा राममाथि शनिबार बेलुका करिब ४०–५० जनाको समूहले मरणासन्न हुनेगरी सांघातिक आक्रमण गरेको जनाउँदै घटनाको भर्त्सना गरेको छ ।
शनिबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका मुटुसम्बन्धी समस्याका बिरामी र घटनाको यथार्थ नबुझी अस्पतालको अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरी आतंक सृजना गरिएको र सोही क्रममा डा राममाथि सांघातिक आक्रमण गरिएको संघको भनाइ छ ।
संघले भनेको छ, ‘स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रलाई आतङ्कित पार्नेगरी पठाइएको यस्तो आपराधिक घटनामा संलग्न दोषीहरूलाई अविलम्ब कानुनको दायरामा ल्याई कानुनबमोजिम कडा कारबाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’
प्रतिक्रिया 4