+
+
Shares

नेपाल आयो विडा, भीएक्स २ इभुटर स्कुटर र डर्ट ई के ३ अफरोड बाइक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते ११:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिरो मोटोकोर्पको विद्युतीय ब्रान्ड विडाले नेपाललाई आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा चयन गर्दै औपचारिक प्रवेश गरेको छ।
  • सीजी मोटर्समार्फत नेपाली बजारमा उपलब्ध हुने विडाका विद्युतीय स्कुटर भीएक्स २ प्लस र भीएक्स २ गो सार्वजनिक गरिएका छन्।
  • युवापुस्तालाई लक्षित गर्दै कम्पनीले डर्ट.ई के ३ नामक अफ–रोड विद्युतीय मोटरसाइकल समेत नेपाली बजारमा भित्र्याएको छ।

११ साउन, काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको छ।

कम्पनीले नेपालबाटै आफ्नो विश्वव्यापी विस्तारको सुरुआत गर्दै भीएक्स २ इभुटर सिरिजका विद्युतीय स्कुटर र डर्ट.ई के ३ विद्युतीय अफ–रोड मोटरसाइकल सार्वजनिक गरेको हो।

नेपालमा विडाका उत्पादनहरू सीजी मोटर्स (चौधरी ग्रुप) मार्फत बिक्री गरिनेछ। कम्पनीका अनुसार वीडा भीएक्स २ इभुटर दुई फरक भेरियन्ट ‘भीएक्स २ प्लस’ र ‘भीएक्स २ गो’ मा उपलब्ध हुनेछ।

भीएक्स २ प्लस मा ४.४ किलोवाट–आवर निकाल्न मिल्ने ब्याट्री, १४० किलोमिटरसम्मको रेन्ज, ९० किलोमिटर प्रतिघण्टा अधिकतम गति तथा ६५ मिनेटमै ८० प्रतिशतसम्म डीसी फास्ट चार्जिङ सुविधा छ।

भीएक्स २ गो मा २.२ किलोवाट–आवर ब्याट्री, ७५ किलोमिटरसम्मको रेन्ज र ७० किलोमिटर प्रतिघण्टा अधिकतम गति रहेको छ।

दुवै मोडलमा निकाल्न मिल्ने ब्याट्री, घरमै चार्ज गर्न मिल्ने सुविधा, माइ विडा एप, नेभिगेसन, जियो–फेन्सिङ तथा ओटीए अपडेटजस्ता स्मार्ट फिचर समावेश छन्।

युवापुस्तालाई लक्षित डर्ट.ई के ३ अफ–रोड बाइकमा तीन तहमा मिलाउन सकिने एडाप्टिभ सिस्टम, एपमार्फत प्यारेन्टल कन्ट्रोल, ३५० वाट मोटर र ३६० वाट–आवर निकाल्न मिल्ने ब्याट्री रहेको कम्पनीले जनाएको छ।

यसले एक पटक चार्जमा करिब ३ घण्टासम्म अफ–रोड राइडिङ अनुभव दिने कम्पनीको भनाइ छ। यो मोडलले रेड डट डिजाइन अवार्ड २०२५ र सीईएस इनोभेसन अवार्ड २०२६ समेत जितिसकेको छ।

हिरो मोटोकोर्पले नेपालमा विडाको प्रवेशसँगै स्मार्ट, दिगो तथा भविष्यमुखी विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु भएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?