+
+
Shares

आफूलाई कुटपिट गर्नेविरुद्ध अशोक दर्जीले प्रहरीमा दिए उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार अशोक दर्जीले आफूमाथि कुटपिट र धम्की दिने अंकित प्रधानसहित दुईजना विरुद्ध झापाको अनारमनी इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
  • दर्जीले एक महिनाअघि खिचिएको कुटपिटको भिडियो सार्वजनिक गरेर आफूलाई पटक-पटक धम्क्याएको भन्दै दोषीलाई कानुनी कार्वाहीको माग गरेका छन् ।
  • सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि निर्मात्री नीता ढुंगानाले दर्जीको उजुरी सार्वजनिक गर्दै कलाकारको सुरक्षा र न्यायका लागि आवाज उठाएकी छन् ।

काठमाडौं । आफूमाथि कुटपिट गर्ने र धम्क्याउने विरुद्ध कलाकार अशोक दर्जीले प्रहरीमा उजुरी दिएका छन् ।

सो कार्यमा संलग्न अंकित प्रधानसहित शनिश्चरेका दुईजनालाई कानुनी कार्वाहीको माग गर्दै दर्जीले झापाको विर्तामोडस्थित अनारमनी इलाका प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।

पैसा माग्दै दर्जीलाई कुटपिट गरेको भिडियो आइतबार सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि उनका प्रशंसक र कलाकर्मीले कुट्नेलाई कार्वाहीको माग गरेका थिए ।

उक्त भिडियो भाइरल भएपछि दर्जीले प्रहरीमा उजुरी दिएका हुन् । दर्जीले प्रहरीमा दिएको उजुरीको प्रति फिल्म निर्मात्री नीता ढुंगानाले सामाजिक सञ्जालबाटै सार्वजनिक गरेकी हुन् ।

दर्जीले नीताले निर्माण गरेको आगामी फिल्म ‘पार्वती’मा पनि अभिनय गरेका छन् ।

बालगायक र बालकलाकार समेत रहेका दर्जीले प्रहरीकहाँ दिएको उजुरीमा आफूमाथि कुटपिट गर्नेले १ महिनाअघि नै उक्त भिडियो खिचेर राखेको र पटक–पटक हटाउन भनेपनि नमानेको उल्लेख गरेका छन् ।

गायक दर्जी पछिल्लो समय झापास्थित घरमा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?