+
+
Shares

अग्नि ग्रुपले सार्वजनिक गर्‍यो नयाँ महिन्द्रा बोलेरो क्याम्पर डीसी गोल्ड पिकअप

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुपले नेपालमा नयाँ 'बोलेरो क्याम्पर डीसी गोल्ड' पिकअप सार्वजनिक गरेको छ।
  • यो पिकअपमा एमटूडीआई ४ सिलिन्डरको शक्तिशाली इन्जिन, एसी, म्युजिक सिस्टम तथा लेदर सिटजस्ता आधुनिक सुविधाहरू समावेश गरिएका छन्।
  • अग्नि ग्रुपका प्रतिनिधिले यो गाडीले नेपाली व्यवसायी तथा उद्यमीहरूको आवश्यकतालाई सम्बोधन गर्दै उत्कृष्ट कार्यसम्पादन प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

१४ साउन, काठमाडौं । नेपालका लागि महिन्द्रा सवारीसाधनको आधिकारिक वितरक अग्नि ग्रुपले नयाँ बोलेरो क्याम्पर डीसी गोल्ड पिकअप सार्वजनिक गरेको छ।

महिन्द्राको गैरीधारा शोरुममा आयोजित विशेष समारोहबीच उक्त पिकअपको औपचारिक अनावरण गरिएको हो। कार्यक्रममा नेपालको व्यावसायिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, बोलेरो क्याम्परका अघिल्ला संस्करणका ग्राहक, सञ्चारकर्मी तथा अन्य विशिष्ट अतिथिको उपस्थिति रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नयाँ बोलेरो क्याम्पर डीसी गोल्डले मजबुत क्षमता र दैनिक प्रयोगमा आरामबीचको सन्तुलनलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको छ। व्यवसायी, उद्यमी तथा भरपर्दो सवारीसाधनमा निर्भर पेशाकर्मीको आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको यो पिकअपमा महिन्द्राको प्रमाणित मजबुतीसँगै थप आरामदायी केबिन, आकर्षक नयाँ डिजाइन तथा आधुनिक सुविधा समावेश गरिएको छ।

नयाँ बोलेरो क्याम्पर डीसी गोल्डमा अघिल्लो मोडलको विश्वसनीय शक्ति र टर्कलाई थप स्तरोन्नति गरिएको कम्पनीको दाबी छ। साथै एसी, म्युजिक सिस्टम, लेदर सिट तथा आकर्षक नयाँ डिजाइनजस्ता सुविधा थप गरिएकाले नेपालको विविध सडक तथा भौगोलिक अवस्थाका लागि यो अझ उपयुक्त हुने विश्वास कम्पनीको छ।

यो पिकअप महिन्द्राको एमटूडीआई ४ सिलिन्डर, २,५२३ सीसी डिजेल इन्जिनबाट सञ्चालित छ। यसले ३,२०० आरपीएममा ५९.७ किलोवाट शक्ति तथा १,४०० देखि २,२०० आरपीएमबीच २२० न्युटन मिटर टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ। यसले कठिन व्यावसायिक प्रयोगका लागि आवश्यक उच्च तान्ने क्षमता, इन्धन दक्षता तथा भरपर्दो कार्यसम्पादन सुनिश्चित गर्ने दाबी गरिएको छ।

यसका अतिरिक्त नयाँ मोडलमा परिमार्जित बाह्य डिजाइन, अझ आरामदायी केबिन तथा चालक र यात्रु दुवैका लागि सुविधाजनक फिचर समावेश गरिएका छन्। यी सुधारले महिन्द्राले केवल कडा मेहनत गर्ने सवारी मात्र नभई उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ।

कार्यक्रममा अग्नि ग्रुपका प्रतिनिधिले दशकौँदेखि बोलेरो क्याम्परले मजबुत बनावट, न्यून मर्मत खर्च तथा जुनसुकै भौगोलिक अवस्थामा पनि उत्कृष्ट कार्यसम्पादनका कारण नेपालभरका उद्यमी, यातायात व्यवसायी, किसान तथा विभिन्न व्यवसायको विश्वास जित्दै आएको बताए।

नयाँ बोलेरो क्याम्पर डीसी गोल्डमार्फत थप शक्ति, उच्च टर्क, बढी आराम, आधुनिक सुविधा तथा आकर्षक डिजाइनसहितको पिकअप नेपाली ग्राहकमाझ ल्याइएको र यसले बदलिँदो आवश्यकतालाई पूरा गर्दै भरपर्दो सहयात्रीको भूमिका निर्वाह गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?