News Summary
Generated by OK AI. Editorially reviewed.- लक्ष्मी ग्रुपले बीएआईसी बीजे ३० ई प्लग–इन हाइब्रिड एसयूभी नेपाली बजारमा ल्याउने तयारी गरेको छ।
- बोर्न रग्ड अवधारणामा आधारित यो गाडी शहर र अफ–रोड दुवै यात्राका लागि सक्षम रहेको कम्पनीले जनाएको छ।
- उत्कृष्ट क्षमता र आधुनिक प्रविधिसहित आएको यो एसयूभीले नेपाली बजारमा नयाँ विकल्प दिने विश्वास कम्पनीले व्यक्त गरेको छ।
१७ साउन, काठमाडौं । अफ–रोड यात्रा र दैनिक प्रयोग दुवैलाई ध्यानमा राखेर विकास गरिएको बीएआईसी बीजे ३० ई अब लक्ष्मी ग्रुपमार्फत नेपाली बजारमा प्रवेश गर्ने तयारीमा रहेको छ।
‘बोर्न रग्ड’ अवधारणामा आधारित यो प्लग–इन हाइब्रिड एसयूभी आकर्षक डिजाइन, आधुनिक प्रविधि र अफ–रोड क्षमताको संयोजनसहित सहरका सडकदेखि चुनौतीपूर्ण बाटोसम्म आत्मविश्वासका साथ यात्रा गर्न सक्षम रहेको कम्पनीले जनाएको छ।
नेपालमा प्रविधियुक्त र दमदार एसयूभीप्रतिको बढ्दो आकर्षणबीच बीएआईसी बीजे ३० ई को आगमनले उपभोक्तालाई नयाँ विकल्प प्रदान गर्ने अपेक्षा रहेको कम्पनीले जनाएको छ।
‘उत्कृष्ट अफ–रोड क्षमता, स्मार्ट फिचर र आधुनिक प्रविधिसहित यो एसयूभीले नेपालको विस्तार हुँदै गएको एसयूभी बजारमा आफ्नो छुट्टै पहिचान बनाउने छ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4