+
+
Shares

तीन सहकारीका २२० बचतकर्ताले पाए रकम

समितिका अनुसार शिव शिखर सहकारीका १६५ जना बचतकर्ता, कान्तिपुर सहकारीका ५२ जना र गोरखा सहकारीका ३ जनाले बचत फिर्ता पाएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १८:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन वटा सहकारीका साना बचतकर्तालाई उनीहरूको बचत फिर्ता गरेको छ ।
  • शिव शिखर, कान्तिपुर र गोरखा सहकारीका गरी कुल २२० जना बचतकर्ताले पहिलो चरणमा आफ्नो रकम फिर्ता पाएका छन् ।
  • सहकारीको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम कानुनी प्रक्रियाअनुसार बचतकर्तालाई फिर्ता गरिएको समितिले जानकारी दिएको छ ।

२५ साउन, काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।

समितिका अनुसार शिव शिखर सहकारीका १६५ जना बचतकर्ता, कान्तिपुर सहकारीका ५२ जना र गोरखा सहकारीका ३ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो ।

समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य कानुनी व्यवस्था बमोजिम संचालन भइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?