News Summary
Generated by OK AI. Editorially reviewed.- प्रगतिशील तथा परिवर्तनकारी आठ राजनीतिक शक्तिहरूले एकताबद्ध हुने उद्देश्यसहित गठन गरेको अग्रगामी मोर्चाको पहिलो बैठक सोमबार सम्पन्न भएको छ ।
- जनमत पार्टीका महासचिव चन्दन सिंहले भने, 'सबैका आन्दोलनहरूको समीक्षा र अब चुनावसम्म नै मोर्चालाई मजबुत बनाएर जाने कुरा भएको छ ।'
- मोर्चाले सत्ताको केन्द्रीकरण अन्त्य गर्दै स्वतन्त्रता, समानता, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता र सामाजिक न्याय सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।
२५ साउन, काठमाडौं । प्रगतिशील तथा परिवर्तनकारी राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्यसहित गठित अग्रगामी मोर्चाको पहिलो बैठक बसेको छ ।
सोमबार बसेको बैठकले मोर्चाको संयुक्त आमसभा सहितका कार्यक्रम गर्ने निर्णय गरेको छ ।
जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, र खुम्बुवान राष्ट्रिय मोर्चाले गत सात अग्रगामी मोर्चा गठन गरेका थिए ।
‘सबैका आन्दोलनहरूको समीक्षा र अब चुनावसम्म नै मोर्चालाई मजबुत बनाएर जाने कुरा भएको छ’ बैठकमा सहभागी जनमत पार्टीका महासचिव चन्दन सिंहले भने,’हामी तल्लो तहमा कार्यक्रमहरू लैजाने र आमसभा समेत गर्नेछौं ।’
मोर्चाले आफ्नो अवधारणा पत्रमा लोकतान्त्रिक, प्रगतिशील, सामाजिक लोकतान्त्रिक, क्रान्तिकारी, श्रमिक, समाजवादी तथा समावेशी राजनीतिक शक्तिलाई एकताबद्ध गर्ने प्रतिबद्धता जनाएको छ ।
अवधारणा पत्रमा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।
राजनीतिक सत्ताको अत्यधिक केन्द्रीकरण, सर्वसत्तावाद र अधिनायकवादी प्रवृत्तिको अन्त्य गर्दै स्वतन्त्रता, समानता, लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय र मानव अधिकार सुनिश्चित गर्ने मोर्चाले लक्ष्य लिएको छ ।
प्रतिक्रिया 4