२२ साउन, काठमाडौं । जनता समाजवादी पार्टी नेपालसहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने भएका छन् ।
जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपालले संयुक्त रूपमा मोर्चा घोषणा कार्यक्रम आयोजना गर्न लागेका हुन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङका अनुसार मोर्चा घोषणा कार्यक्रम साउन २३ गते शनिबार दिउँसो १ बजे काठमाडौं ब्यांक्वेट थापागाउँमा आयोजना हुने छ ।
सात दलले गठन गर्न लागेको अग्रगामी मोर्चाको उद्देश्य, संरचना तथा भावी कार्यदिशाबारे सोही कार्यक्रममा जानकारी दिइने नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4