+
+
Shares

रोल्पामा पहिरो : २ जनाको मृत्यु, २ जना घाइते

पहिरोमा अरु पनि पुरिएको हुनसक्ने भन्दै खोजी जारी राखिएको छ। घाइतेहरुलाई उपचारका लागि बाहिर लिने तयारी गरिएको छ।

सूर्यप्रकाश बुढामगर सूर्यप्रकाश बुढामगर
२०८३ साउन २८ गते ६:५०

२८ साउन, रोल्पा । रोल्पामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारामा राति आठ बजेर ४० मिनेटमा पहिरो झर्दा थबाङ गाउँपालिका-५ बस्ने वर्ष ६० का कमलबहादुर पुनमगर र १८ वर्षीया शान्ती पुनमगरको मृत्यु भएको हो ।

२२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् । घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

अन्य व्यक्ति पनि पहिरोले पुरिएको हुन सक्ने भन्दै खोजी कार्य जारी राखिएको छ ।

पहिरोले अन्य ६ वटा घर गोठहरु पनि पुरिएका थिए ।

लेखक
सूर्यप्रकाश बुढामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?