+
+
Shares

९ दिनमा सुनको मूल्य २२ हजार ९ सय रुपैयाँ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पछिल्लो नौ दिनमा सुनको मूल्य प्रतितोला २२ हजार ९ सय रुपैयाँले बढेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ।
  • आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

२८ साउन, काठमाडौं । विगत ९ दिनमै सुनको मूल्य प्रतितोला २२ हजार ९ सय रुपैयाँ बढेको छ ।

साउन १९ गते सुनको मूल्य २ लाख ८३ हजार ८ सय रुपैयाँ रहेकोमा अहिले ३ लाख ६ हजार ७ सय रुपैयाँ छ । यद्यपि अघिल्लो दिनको तुलनामा आज बिहीबारको मूल्य स्थिर हो । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँ बढेको छ । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ७५० रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ७४५ रुपैयाँ थियो । विगत ९ दिनमा चाँदी पनि ३७० रुपैयाँ बढेको छ। साउन ९ गते चाँदी ४ हजार ३८० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?