+
+
Shares

देउवाको स्वागतमा पुगे मनाङ्गे

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते १५:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपश्चात् हङकङबाट स्वदेश फर्कनुभएको छ।
  • गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरुङ नेपाली कांग्रेसको संस्थापन इतर समूहको स्वागत कार्यक्रममा सहभागी हुनुभएको छ।
  • कांग्रेसको इतर समूहले शुक्रबार सुकेधारामा आयोजना गर्ने तीनदिने राष्ट्रिय भेलामा पाँच हजार नेता तथा कार्यकर्ता सहभागी हुने बताइएको छ।

२८ साउन, काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गरूङ (दीपक मनाङ्गे) नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वागतमा देखिएका छन् ।

हङकङबाट स्वदेश फर्किने क्रममा कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको स्वागत कार्यक्रममा पूर्वप्रदेशमन्त्री गुरूङ पनि देखिएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा बिहीबार थाई एयरको विमानमार्फत स्वदेश फर्किएका छन् । जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए ।

उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । देउवा भोलि (शुक्रबार) सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने छन् ।

इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुने पनि बताएका छन् ।

तीन दिनसम्मे चल्ने भनिएको राष्ट्रिय भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने दाबी इतर समूहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?