२८ साउन, काठमाडौं । स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंशको उपचारमा प्रयोग हुने भ्याक्सिन आइपुगेको छ । बिहीबार साँझ ५ बजे ८ हजार २०० भाइल भ्याक्सिन टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको छ ।
यसैगरी, रेबिजविरुद्ध प्रयोग हुने १७ हजार ६०० भाइल रेबिज इम्युनोग्लोबुलिन (ईआरआईजी) समेत केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको छ ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिनहरू सातवटै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ ।
सर्पदंश तथा रेबिजको जोखिममा रहेका बिरामीको उपचारका लागि आवश्यक यी सामग्री प्राप्त भएपछि देशभरका स्वास्थ्य संस्थामा उपचार सेवा थप सहज हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4