सर्पको उद्धार गर्दै प्राविधिक टोली ।
News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको बोदेबरसाइनमा पसलमा काम गरिरहेका रामसेवक साहलाई बिहीबार बिहान गोमन सर्पले डसेको छ।
- गोमन सर्पको डसाइबाट घाइते भएका साहलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको छ।
- जिल्ला वन कार्यालय सप्तरीको प्राविधिक टोलीले घटनास्थलमा पुगेर सर्पको उद्धार गरेको छ।
२८ साउन, सप्तरी । सप्तरीको बोदेबरसाइनमा विषालु सर्पल डस्दा एक जना बिरामी परेका छन् ।
बोदेबरसाइन नगरपालिका–५ का रोशन ट्रेडर्सका सञ्चालक रामसेवक साहलाई गोमन सर्पले डसेको हो ।
बिहीबार बिहान करिब साढे ९ बजेतिर पसलमा काम गरिरहेका बेला उनलाई सर्पले डसेको हो ।
साहलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको छ ।
घटनापछि जिल्ला वन कार्यालय सप्तरीका प्राविधिक टोलीले पसलमा पुगेर गोमन सर्पको उद्धार गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4