+
+
Shares

मोदीखोला बाढीका कारण मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते ९:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षाका कारण मोदीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाउँदा मन्दिरमा फसेका तीन व्यक्तिको सकुशल उद्धार गरिएको छ ।
  • सशस्त्र प्रहरी बलको रोप रेस्क्यु र गोताखोरसहितको संयुक्त टोलीले मन्दिरका पुजारी र दुई अन्य व्यक्तिलाई शुक्रबार बिहान सकुशल उद्धार गरेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
  • शुक्रबार बिहान सवा दुई बजे आएको बाढीले पुल बगाएपछि ती व्यक्तिहरू मन्दिर परिसरमा थुनिएका थिए ।

२९ साउन, काठमाडौं । अविरल वर्षापछि मोदीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुई वटा पुल बगाएपछि मन्दिर परिसरमा फसेका तीन व्यक्तिको सकुशल उद्धार गरिएको छ ।

सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार कास्कीको पोखरा महानगरपालिका- १८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका-८ मा रहेको बिरेठाँटी माध्यमिक विद्यालयका शिक्षक ३० वर्षीय रेवन्तप्रसाद सिंह र मन्दिरका पुजारी ५२ वर्षीय कानिर्माण गिरीलाई सकुशल उद्धार गरिएको हो ।

शुक्रबार बिहान सवा २ बजे आएको बाढीले कास्की र पर्वत जोड्ने २ वटा मेटल पुल बगाएपछि उनीहरू मन्दिरमै फसेका थिए ।

उनीहरूलाई शुक्रबार बिहान सवा ८ बजे सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गएको रोप रेस्क्यु र गोताखोर सहितको संयुक्त टोलीले सकुशल उद्धार गरेको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?