+
+
Shares

जीडब्लूएमको नयाँ ईभी ‘हाभल जोलियन म्याक्स’ नेपालमा, मूल्य कति ?

कम्पनीका अनुसार हाभल जोलियन म्याक्स सार्वजनिक हुने विश्वकै दोस्रो बजार नेपाल हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्रेट वाल मोटरले काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा नयाँ विद्युतीय एसयूभी ‘हाभल जोलियन म्याक्स’ सार्वजनिक गरेको छ ।
  • ५८.३ किलोवाट–आवर ब्याट्री क्षमताको यो गाडीले एक पटकको फुल चार्जमा ४२० किलोमिटरभन्दा बढी दुरी तय गर्ने कम्पनीले दाबी गरेको छ ।
  • भीजी इम्पेक्स प्रालिद्वारा आयातित यो एसयूभीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

२९ साउन, काठमाडौं । ग्रेट वाल मोटर (जीडब्लूएम) ले नयाँ विद्युतीय एसयूभी ‘हाभल जोलियन म्याक्स’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

काठमाडौंमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ मा कम्पनीले नयाँ विद्युतीय एसयूभी सार्वजनिक गरेको हो ।

५८.३ किलोवाट–आवर ब्याट्री जडान गरिएको जोलियन म्याक्सले एक पटक चार्ज गर्दा ४ सय २० किलोमिटरभन्दा बढी दुरी तय गर्ने कम्पनीको दाबी छ ।

एसयूभीमा १ सय ९० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स दिइएको छ, जसले नेपालको विभिन्न सडक अवस्था तथा दैनिक प्रयोगका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।

सुरक्षातर्फ जोलियन म्याक्समा एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ एसिस्ट, लेन चेन्ज एसिस्ट, इमर्जेन्सी लेन किपिङ, फर्वार्ड कोलिजन वार्निङ र अटोनोमस इमर्जेन्सी ब्रेकिङ लगायत सुविधा छन् ।

त्यस्तै रियर क्रस ट्राफिक वार्निङ, रियर क्रस ट्राफिक ब्रेकिङ, ड्राइभर फाटिग मोनिटरिङ र ट्रान्स्प्यारेन्ट अन्डरबडी भ्यु सिस्टम पनि एसयूभीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

जोलियन म्याक्सको इन्टेरियरमा १४.६ इन्चको टचस्क्रिन डिस्प्ले राखिएको छ । यसमा एप्पल कारप्ले, एन्ड्रोइड अटो, वायरलेस चार्जिङ, भ्वाइस रिकग्निसन, ब्लुटुथ र ६ वटा स्पिकरको अडियो सिस्टम उपलब्ध छ ।

भेरिएन्ट अनुसार प्यानारोमिक सनरुफ, हिटेड तथा भेन्टिलेटेड फ्रन्ट सिट, इलेक्ट्रिक ड्राइभर सिट र एम्बियन्ट लाइटिङ लगायत सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

चार्जिङका लागि गाडीमा ६.६ किलोवाटसम्मको एसी चार्जिङ र डीसी चार्जिङ सपोर्ट छ । भीटूएल (भेहिकल–टु–लोड) सुविधा मार्फत गाडीको ब्याट्रीबाट वाह्य विद्युतीय उपकरण समेत सञ्चालन गर्न सकिने छ ।

जीडब्लूएमले नेपालमा करिब एक महिनाअघि मात्रै ‘ओरा–५’ ईभी सार्वजनिक गरेको थियो । छोटो समयमै दोस्रो विद्युतीय एसयूभी सार्वजनिक गरेसँगै कम्पनीले नेपाली बजारमा आफ्नो विद्युतीय सवारीको पोर्टफोलियो विस्तार गरेको छ ।

कम्पनीका अनुसार हाभल जोलियन म्याक्स सार्वजनिक हुने विश्वकै दोस्रो बजार नेपाल हो । जीडब्लूएम हाल १ सय ७० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थित रहेको जनाएको छ ।

नेपालका लागि जीडब्लूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालि हो । कम्पनीले आगामी दिनमा प्रिमियम तथा लक्जरी सेग्मेन्ट सहित विभिन्न श्रेणीमा थप मोडेल सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।

नाइमा मोबिलिटी एक्स्पोका लागि हाभल जोलियन म्याक्सको विशेष सुरुवाती मूल्य ५९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?