News Summary
Generated by OK AI. Editorially reviewed.- सुविन भट्टराईको उपन्यासमा आधारित नाटक ‘समर लभ’ शुक्रबारदेखि कान्तिपुर थिएटरमा मञ्चन शुरू भएको छ ।
- सम्राट भुजेल निर्देशित उक्त नाटकमा फिल्म अभिनेता अर्पण थापाले पहिलोपटक रङ्गमञ्चमा अभिनय गरेका छन् ।
- थिएटर प्रमुख प्रकाश पुरीले ‘सेतो धरती’ नाटक अब विराटनगर, पोखरा र चितवनका दर्शकमाझ पनि मञ्चन गर्ने जानकारी दिनुभयो ।
काठमाडौं । सुविन भट्टराई लिखित उपन्यास ‘समर लभ’माथि आधारित सोही नामको नाटकको मञ्चन कान्तिपुर थिएटरमा शुक्रबारदेखि सुरु भएको छ । सम्राट भुजेल निर्देशित नाटक सुरुदेखि ने खचाखच रहेको थिएटरले जनाएको छ । यसअघि उपन्यासमै आधारित नाटक ‘सेतो धरती’ १०१ दिन मञ्चन भएको थियो ।
‘समर लभ’ नाटकमा फिल्म निर्देशक तथा अभिनेता अर्पण थापाको पनि अभिनय छ । यो उनको डेब्यू नाटक हो । शीर्ष भूमिकामा सागर खनाल, बास्ना तिमिल्सिना, विनिता गिरि, ब्रबिम बस्नेत, रक्षा गौतम, सनम श्रेष्ठ र जानकी बजगाईं छन् ।
यो नाटक बुधबार हरेक दिउँसो र बेलुका मञ्चन हुने जनाइएको छ । थिएटरका अघिल्लो चर्चित नाटक ‘सेतो धरती’ लाई अब विराटनगर, पोखरा र चितवनमा पनि मञ्चन गरिने भएको छ ।

‘काठमाडौंमा ‘समर लभ’ र मोफसलमा ‘सेतो धरती’ को मञ्चनले नेपाली रंगमञ्चको आयतन अझ फराकिलो बनाउने विश्वास लिएका छौं’ थिएटर प्रमुख प्रकाश पुरीले भने ।
अभिनेता थापासँगै यसअघि यस थिएटरका अन्य नाटकबाट रेखा थापा, जीवन लुइँटेल, बेनिशा हमाल, शनिशा भट्टराई, मनोज गजुरेल लगायतका कलाकारले नाटक अभिनयमा डेब्यू गरेका छन् ।




प्रतिक्रिया 4