News Summary
Generated by OK AI. Editorially reviewed.- सुविन भट्टराईको चर्चित उपन्यास 'समर लभ'मा आधारित नाटक शुक्रबारदेखि गैरीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन हुने भएको छ ।
- सम्राट भुजेलको निर्देशनमा तयार भएको उक्त नाटक हरेक दिन दिउँसो १ः१५ र साँझ ५ः१५ बजे गरी दुई पटक मञ्चन गरिने छ ।
- थिएटरका प्रकाश पुरीले भने, 'उपन्यास पढेका दर्शकले आफूले कल्पना गरेका पात्र र कथालाई रंगमञ्चमा कसरी प्रस्तुत गरिएको छ भन्ने अनुभव गर्न पाउनेछन् ।'
काठमाडौं । सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ ’मा आधारित नाटक शुक्रबारदेखि गैरीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन हुने भएको छ ।
कान्तिपुर फिल्म एकेडेमीको निर्माण तथा सम्राट भुजेलको निर्देशनमा तयार भएको नाटक हरेक दिन दिउँसो १ः१५ बजे र साँझ ५ः१५ बजे नाटक प्रस्तुत गरिने जनाइएको छ ।
नाटकमा चर्चित फिल्म निर्देशक तथा अभिनेता अर्पण थापाले पनि अभिनय गर्दैछन् । उपन्यासभित्र रहेको लेखकको भूमिकामा थापालाई हेर्न पाइने भएको छ ।
उपन्यासका मुख्य पात्र अतीत, साया र अन्य कलाकार भने खुलाइएको छैन । ती कलाकारलाई प्रिमियरमा मात्र सार्वजनिक गर्ने जनाइएको छ ।
यसअघि सोही नाटक घरमा चर्चित उपन्यास ‘सेतो धरती’मा आधारित नाटक पनि मञ्चन गरिएको थियो । ‘समर लभ’ मञ्चन गर्ने तयारीबारे थिएटरका प्रकाश पुरीले भने, ‘उपन्यास पढेका दर्शकले आफूले कल्पना गरेका पात्र र कथालाई रंगमञ्चमा कसरी प्रस्तुत गरिएको छ भन्ने अनुभव गर्न पाउनेछन् ।’
कान्तिपुर थिएटरको वेबसाइटमार्फत टिकट काट्न सकिने जनाइएको छ ।
प्रतिक्रिया 4