News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क परिमार्जन लगायत १५ बुँदे माग सम्बोधन नभएको भन्दै आजदेखि देशभरिका म्यानपावर कार्यालय बन्द गरेका छन् ।
- संघका अध्यक्ष डिकबहादुर खत्रीले आफूहरू वार्ता र आन्दोलन दुवैलाई सँगसँगै अगाडि बढाइरहेको बताउँदै मन्त्रालयसँग छलफल जारी रहेको जानकारी दिए ।
- व्यवसायीहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा शुल्क निर्धारण र विभागले गरेको कारबाही फिर्ता लिनुपर्ने मुख्य माग राख्दै आन्दोलन सुरू गरेका हुन् ।
१ भदौ, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजदेखि देशभरिका म्यानपावरहरू बन्द गर्ने भएका छन् ।
सरकारलाई दिएको अल्टिमेटममा सहमति हुन नसकेपछि म्यानपावर व्यवसायीहरूले आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने भएका हुन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क परिमार्जन लगायत १५ बुँदे माग अघि सारेको छ । ती माग सम्बोधन नभएको भन्दै व्यवसायीहरूले देशभरिका म्यानपावर कार्यालय बन्द गर्ने भएका हुन् ।
संघका अध्यक्ष डिकबहादुर खत्रीले वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगसँगै अगाडि बढाएको बताउँछन् ।
अध्यक्ष खत्रीले अनलाइनखबरसँग भने, ‘युवा, श्रम तथा रोजगार मन्त्रालयमा छलफलका लागि अहिले हामी जाँदैछौं ।’
शुक्रबार पनि मन्त्रालयसँग प्रारम्भिक चरणको छलफल भएको थियो । छलफलमा व्यवसायीले अघि सारेका मागका विषयमा ब्रिफिङ गरेका थिए भने आफ्नो धारणा समेत राखेका थिए । त्यस्तै मन्त्रालयका तर्फबाट भइरहेको प्रगति तथा कार्य विवरणका विषयमा मन्त्रालयका अधिकारीहरूले धारणा राखेका थिए ।
संघले ७ साउनमा व्यवसायीहरूको विशेष भेला आयोजना गरेर सरकारलाई १५ बुँदे माग अघि सारेको थियो । जसमा वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यानपावर व्यवसायीलाई दिनुपर्ने सेवा शुल्क निर्धारण गरिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कारबाही फिर्ता लिनुपर्ने लगायत माग छन् ।
प्रतिक्रिया 4