+
+
Shares

जनकवि दुर्गालाल श्रेष्ठलाई प्रधानमन्त्रीले दिए श्रद्धाञ्जली

जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री बालेन शाहले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १४:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री बालेन शाहले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

२ भदौ, काठमाडौं । जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री बालेन शाहले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। श्रेष्ठको चर्चित गीत- सयथरी बाजा, एउटै ताल, फूलको आँखामा फूलै संसार…जस्ता गीतका शब्दहरू लेखेर सामाजिक सञ्जालमार्फत उनले श्रेष्ठको स्मरण गरेका हुन्।

उनले भौतिक रुपमा नरहेपछि देखाएको बाटो, सिर्जना र विचारहरू सधैँ जीवित रहने बताएका छन्।

‘…जनकवि दुर्गालाल श्रेष्ठज्यूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,’ बालेनले लेखेका छन्, ‘भौतिक रूपमा उहाँ हामीमाझ नरहे पनि उहाँले देखाउनुभएको बाटो, उहाँका सिर्जना र विचारहरू सधैँ हामीमाझ जीवित रहनेछन्। उहाँले देखाउनुभएको मार्गमा हामी निरन्तर हिँडिरहनेछौँ। हार्दिक श्रद्धाञ्जली!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?