+
+
Shares

भारतीय स्थल सेनाध्यक्ष सेठले गरे सैनिक स्टाफ कलेजको भ्रमण

सैनिक अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न यो तालिम निकै महत्वपूर्ण मानिन्छ । अहिले यो तालिममा १० विदेशी र ८२ स्वदेशी गरी ९२ प्रशिक्षार्थी सहभागी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १५:३६

२ भदौ, काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष धीरज सेठले नेपाली सेनाको सैनिक कमान्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन् । मंगलबार शिवपुरीस्थित स्टाफ कलेज पुगेर सेठले भ्रमण गरेका हुन् ।

भ्रमणका क्रममा उनले कलेजका गतिविधिका साथै कमान्ड तथा स्टाफ तालिमका प्रशिक्षार्थी अधिकृतहरूसँग अन्तर्क्रिया समेत गरेका थिए ।

सैनिक अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न यो तालिम निकै महत्वपूर्ण मानिन्छ । अहिले यो तालिममा १० विदेशी र ८२ स्वदेशी गरी ९२ प्रशिक्षार्थी सहभागी छन् ।

नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणमा ३१ साउनमा काठमाडौं आएका सेठ भोलि बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।

अहिले सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग सिंहदबारस्थित कार्यालयमा भेटघाट गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?