+
+
Shares

झापामा जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु   

मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेई सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।    

रासस रासस
२०८३ भदौ ५ गते ९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ।
  • मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको गत साता जेई सङ्क्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
  • जिल्लामा जेई सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ, र परीक्षण तथा अनुगमनका लागि स्वास्थ्यकर्मीको टोली निरन्तर परिचालन भएको छ।

५ भदौ, झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।

मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेई सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो । यससँगै जिल्लामा जेई सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । हालसम्म चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ ।

उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेई परीक्षणलाई बढाइनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको उनले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?