+
+
Shares

अमेरिकाको अलास्कामा चार्टर विमान दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते ११:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अलास्काको केप न्युएनहमनजिकै एन्कोरेजबाट उडेको चार्टर विमान दुर्घटनामा परेको छ ।
  • एनटीएसबीका अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र छ जना यात्रु सवार थिए ।
  • अलास्का रेस्क्यु कोअर्डिनेसन सेन्टरले राडार साइटनजिकै भएको घटनापछि खोज तथा उद्धार अभियान सुरु गरेको जनाएको छ ।

५ भदौ, काठमाडौं । अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ ।

एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो ।

संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ ।

नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र छ जना यात्रु सवार थिए ।

उनीहरूको अवस्थाबारे भने तत्काल कुनै जानकारी प्राप्त नभएको उनले बताएका छन् ।

जोन्सनका अनुसार विमान एन्कोरेजबाट उडेको थियो र बिहीबार दिउँसो केप न्युएनहममा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको अनुमान गरिएको छ ।

जोन्सनले अहिलेसम्म प्राप्त जानकारी प्रारम्भिक मात्रै रहेको बताएका छन् ।

अलास्का रेस्क्यु कोअर्डिनेसन सेन्टरले केप न्युएनहम लङ रेन्ज राडार साइटनजिकै विमानसम्बन्धी घटना भएको सूचना प्राप्त भएपछि खोज तथा उद्धार अभियान सुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?