News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सडक मार्ग हुँदै पोखरातर्फ प्रस्थान गरेका छन् ।
- उनी पोखरा हुँदै मुस्ताङसम्म पुग्ने कार्यक्रम छ ।
- प्रधानमन्त्री सवार गाडी आज बिहान धादिङको पृथ्वी राजमार्ग खण्डमा केहीबेर रोकिएर पुनः पोखरातर्फ प्रस्थान गरेको छ ।
५ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सडक मार्ग हुँदै पोखरातर्फ प्रस्थान गरेका छन् । उनी पोखरा हुँदै मुस्ताङसम्म पुग्ने कार्यक्रम छ ।
उनी सवार गाडी आज बिहान धादिङको पृथ्वी राजमार्ग खण्डमा केहीबेर रोकिएको थियो । त्यहाँबाट उनी पुन: पोखरातर्फ प्रस्थान गरेको धादिङ सुरक्षा स्रोतले बतायो ।
प्रधानमन्त्रीको यात्राको गन्तव्यबारे भने धादिङ प्रहरीले अनभिज्ञता प्रकट गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका एक अधिकृतले प्रधानमन्त्रीसहितको टोली केहीबेर पृृथ्वी राजमार्ग अन्तर्गत धादिङ खण्डमा रोकिएको तर थप केही थाहा नभएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4