+
+
Shares

बञ्चरेडाँडा ल्यान्डफिल साइट : प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते ११:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वाधार मन्त्रालयले बञ्चरेडाँडा ल्यान्डफिल साइट अव्यवस्थित भएपछि काठमाडौं उपत्यकासहित प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिलाई आज दिउँसो १ बजे सिंहदरबार बोलाएको छ।
  • धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमानामा रहेको बञ्चरेडाँडामा चार वर्षदेखि उपत्यकाको फोहोर विसर्जन हुँदै आएको छ।
  • २० वर्षका लागि बनाइएको ल्यान्डफिल साइट चार वर्षमै भरिएपछि फोहोरको चुलीबाट लिच्चड बगेर खोलामा मिसिएको र स्थानीयले फोहोर र मान्छे सँगै नराख्न माग गरेका छन्।

५ भदौ काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइट अव्यवस्थित भएपछि पूर्वाधार मन्त्रालयले काठमाडौं उपत्यकासहति प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधलाई सिंहदरबार बोलाएको छ ।

मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर, वातावरण तथा परिसर सरसफाइ सम्पर्क व्यक्ति महेशबहादुर सिंहका अनुसार आज दिउँसो १ बजे छलफलका लागि बोलाइएको हो ।

‘फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न १ बजेका लागि बोलाएको छ,’ उनले भने ।

बञ्चरेडाँडा ल्यान्डफिल साइट धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमानामा पर्छ । धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले पनि मन्त्रालयमा बोलाइएको बताए ।

‘आज छलफलमा बोलाइएको छ । फोहोर व्यवस्थापनको विषयमा छलफल हो,’ उनले भने ।

बञ्चरेडाँडामा विगत ४ वर्षदेखि फोहोर विर्सजन गर्न थालियएको हो । यसअघि सिसडोलमा विसर्जन हुने गरेको थियो ।

वैज्ञानिक प्रविधिबाट व्यवस्थापन गर्नेगरी बञ्चरेडाँडामा स्यानेटरी ल्यान्डफिल साइट तत्कालीन शहरी विकास मन्त्रालयले १ अर्ब बढी लागतमा बनाएको हो । तर फोहोर खनाउन थालिएको चार वर्षमै ल्यान्डफिल साइट भरिएको छ ।

२० वर्षका लागि बनाइएको ल्यान्डफिल साइटमा फोहोरको चुली बनेको छ । उपत्यकासहित २१ वटा पालिकाको फोहोरले बञ्चरेडाँडा पनि सिसडोल झैं डम्पिङ साइट भएको छ । ल्यान्डफिल साइटको व्यवस्थापन भने काठमाडौं महानगरपालिकाले गर्दै आएको छ । हाल फोहोरको चुलीबाट लिच्चड बगिरहेको छ । ड्याम्प भरिएर लिच्चड खोलामा मिसिएको छ । स्थानीयले फोहोर र मान्छे सँगै नराख्न माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?