+
+
Shares

‘द राइज अफ साम्राज्य’ मा अञ्जनाको प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्माण तयारीमा रहेको फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन्।
  • सौरभ चौधरी निर्देशित फिल्ममा यसअघि सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बराल निश्चित भइसकेका छन्।
  • फिल्मको छायांकन आगामी साताबाट पूर्वी नेपालका जिल्लामा ७० दिनको सेड्युलसहित सुरु हुने जनाइएको छ।

काठमाडौं । निर्माण तयारीमा रहेको फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन् । सौरभ चौधरीको आगामी निर्देशकीय फिल्ममा यसअघि सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बराल निश्चित भैसकेका छन् ।

अहिलेकी व्यस्त र डिमान्डेड अभिनेत्री बराइलीको प्रवेशसँगै कास्टिङ लाइनअप थप बलियो भएको छ ।

निर्देशक सौरभले भने, ‘हामी दर्शकको रोजाइमा रहेका र कथाले मागेका कलाकारलाई लिइरहेका छौँ, यो क्रम अझै जारी छ ।’ डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्म मल्टिस्टारर हुने जनाइएको छ ।

यो फिल्मको पटकथा तथा संवाद साहित्यकार बुद्धिसागरको हुनेछ । फिल्मलाई एक्सन ड्रामा बताइएको छ ।

निर्देशक चौधरी यसपटक पहिलेको तुलनामा अझ ठूलो क्यानभासमा फिल्म बनाउने योजनामा छन् । यो नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र हुने उनको दाबी छ । छायांकन आगामी साताबाट सुरु हुनेछ । ७० दिनको सेड्युल तयार पारिएको छ भने पूर्वी नेपालका जिल्लामा छायांकन हुने जनाइएको छ ।

यो चलचित्रको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को-प्रोडुसरमा विश्वास बस्नेत ९बेन० र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।

मानकृष्ण महर्जनको डीओपी रहने यो चलचित्रको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन् । डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ । यो चलचित्रको वितरकमा डिसीएन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?