Comments Add Comment

भारतमा ‘नीलोफर’ तुफानबाट सतर्क रहन उर्दी

aadi

 १० कात्तिक, काठमाडौं । भारतको मौसम विभागले देशको पश्चिमी तटतर्फ अाइतबार रातिदेखि बढेको समुद्री तुफान नीलोफरबाट सबैलाई सतर्क रहन चेतावनी दिएको छ ।
भारतीय मौसम विभागका अनुसार अरब सागरमा उठेको उक्त तुफानले आउँदो २४ घण्टामा भीषण रुप लिन सक्छ । यसको प्रारम्भिक नतिजा अनुसार गुजरातको सौराष्ट्र एवं कच्छमा भारी वर्षा हुने सम्भावना छ ।
विज्ञहरुको विश्लेषण अनुसार यसको प्रभाव पाकिस्तानको कराँची र भारतको मुम्बई शहरमा समेत पर्न सक्ने बीबीसीले लेखेको छ ।

अरब सागरसँग जोडिएका ओमान लगायतमा देशमा पनि यसको असर पर्ने विश्लेषण गरिएको छ । अरब सागरमा देखापरेको मौसमको खराबीका कारण मंगलबारदेखि सामुद्रिक चक्रवाठ उड्न सक्ने अनुमान गरिएको छ ।

nilofar

दुईसाता अघि भारतमा आएको हुदहुद नामको सामुद्रिक आँधीका कारण नेपालमासमेत हिमपात भई दर्जनौंको ज्यान गएको थियो ।
नीलोफरका कारण भारतमा सतर्कता अपनाउन थालिए पनि यसको प्रभाव नेपालसम्म पर्ने/नपर्ने नेपालको मौसम विज्ञान विभागले आधिकारिक रुपमा केही बताउन सकेको छैन ।
अघिल्लोपटक हुदहुद आँधीको प्रभाव नेपालमा पर्ने नपर्नेबारे नेपालको मौसम विज्ञान विभाग यस्तै अन्योलमा थियो ।
तस्वीर- बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment