+
+
Shares
मिस वर्ल्ड २०२६ :

मिस वर्ल्डको ‘ट्यालेन्ट राउन्ड’ मा नेपाल बन्यो फाइनलिस्ट

'ब्युटी विथ पर्पस’ जित्ने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भियतनाममा जारी मिस वर्ल्ड २०२६ मा नेपालकी लुना लुइँटेलले सहभागिता जनाएकी छन्, जहाँ १११ सुन्दरी प्रतिस्पर्धामा छन् ।
  • ट्यालेन्ट राउन्डमा नेपाल २३ फाइनलिस्टमा छनोट भएको छ, र लुनाले जिते नेपाल सिधै अन्तिम ४० मा प्रवेश गर्नेछ ।
  • एसिया तथा ओसियाना क्षेत्रको ‘पिपुल्स च्वाइस’ मा लुना २५ हजार ३१९ मतसहित सातौं स्थानमा छिन्, र ग्रान्ड फिनाले ५ सेप्टेम्बरमा हुनेछ ।

काठमाडौं । भियतनाममा अहिले विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड २०२६’ आयोजना भइरहेको छ । प्रतियोगिताका विभिन्न विधामा १११ जना सुन्दरीले प्रतिस्पर्धा गरिरहेका छन् । नेपालबाट ‘मिस नेपाल’ लुना लुइँटेलले सहभागिता जनाएकी छन् ।

हेड टु हेड, टप मोडल र स्पोर्ट्स विधामा नेपाल उपाधिविहीन रह्यो । तर, ट्यालेन्ट राउन्डमा भने नेपाल २३ फाइनलिस्टमध्ये छनोट भएको छ । यो विधामा लुनाले जित हासिल गरे नेपाल सिधै अन्तिम ४० मा प्रवेश गर्नेछ । प्रतियोगितामा नेपालको अहिलेसम्मको प्रमुख उपलब्धि यही हो ।

‘मिस वर्ल्ड’ को भोटिङ वेबसाइटका अनुसार नेपालकी लुना एसिया तथा ओसियाना क्षेत्रको ‘पिपुल्स च्वाइस’ विधामा २५ हजार ३१९ मतसहित सातौं स्थानमा छिन् । यो विधामा अगाडि बढ्न नेपाललाई थप मत आवश्यक देखिन्छ ।

यो समाचार तयार पार्दासम्म ‘पिपुल्स च्वाइस’ विधामा कम्बोडिया शीर्ष स्थानमा छ । ‘ट्यालेन्ट राउन्ड’ र ‘टप मोडल’ राउन्डको नतिजा २८ अगस्टमा सार्वजनिक हुनेछ । हरेक मिस वर्ल्डमा जस्तै यस वर्ष पनि नेपालको प्रमुख लक्ष्य ‘ब्युटी विथ पर्पस’ विधा जित्नु हो । यसअघि पनि नेपालले केही पटक यो विधाको उपाधि जितिसकेको छ ।

लुनाले यस वर्ष पर्वतको फलेवासमा शिक्षा, स्वास्थ्य र उद्यमशीलतासँग सम्बन्धित एक परियोजना मिस वर्ल्डमा प्रस्तुत गर्दैछिन् । झन्डै डेढ करोड रुपैयाँ लगानीमा बनेको उक्त परियोजनाले ‘ब्युटी विथ पर्पस’ विधाको उपाधि जित्न सक्नेमा नेपाल आशावादी छ । स्वयं लुना पनि यसप्रति आशावादी छिन् ।

त्यसैले अहिले नेपालको ध्यान ‘ब्युटी विथ पर्पस’ विधामा केन्द्रित छ । नेपाललाई यो विधाको दाबेदारका रूपमा समेत हेरिएको छ । मिस वर्ल्ड २०२६ को ग्रान्ड फिनाले ५ सेप्टेम्बरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?