+
+
Shares

‘मिस वर्ल्ड २०२६’ को आयोजना भियतनामले गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते १२:०८
नेपालबाट यसवर्ष मिस नेपाल लुना लुइँटेलले मिस वर्ल्डमा सहभागिता जनाउनेछिन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यसवर्षको मिस वर्ल्ड प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ र १३० भन्दा बढी प्रतिस्पर्धी सहभागी हुने अपेक्षा गरिएको छ।
  • मिस वर्ल्ड संगठनकी अध्यक्ष जुलिया मोर्ले मार्च २९ मा हो ची मिन्ह सिटीमा हुने ग्राण्ड फिनालेमा सहभागी हुने र थप जानकारी सार्वजनिक गर्ने बताउनुभएको छ।
  • नेपालबाट मिस नेपाल लुना लुइँटेलले मिस वर्ल्डमा सहभागिता जनाउनेछिन् र पर्वतको फलेवासमा 'ब्युटी विथ पर्पस' परियोजना संचालन गरिरहेकी छिन्।

काठमाडौं । यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो ।

यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ ।

मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको मिस वर्ल्ड प्रतियोगितामा १३० भन्दा बढी प्रतिस्पर्धी सहभागी हुने अपेक्षा गरिएको जनाएको छ ।

आयोजकले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आगामी दिनहरूमा विशेष उत्सवका लागि विश्वका सुन्दरीहरू भियतनाममा भेला हुनेछन् ।’

मिस वर्ल्ड संगठनकी अध्यक्ष जुलिया मोर्ले मार्च २९ मा हो ची मिन्ह सिटीमा हुने मिस वर्ल्ड भियतनाम २०२५ को ग्राण्ड फिनालेमा सहभागी हुने तय भएको छ । उक्त कार्यक्रममा उनले यस वर्षको मिस वर्ल्ड प्रतियोगिताबारे थप जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

सन् १९५१ मा बेलायतमा स्थापना भएको मिस वर्ल्ड प्रतियोगिता विश्वको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामध्ये एक मानिन्छ ।

यो प्रतियोगिताले सौन्दर्य, बुद्धिमत्ता र सामाजिक सेवाप्रतिको प्रतिबद्धता बोकेका प्रतिस्पर्धीलाई सम्मान गर्दै विश्व एकताको सन्देश दिने उद्देश्य राखेको छ ।

पछिल्ला वर्षहरूमा ‘ब्युटी विथ अ पर्पस’ भन्ने सन्देशलाई अझ प्राथमिकता दिइएको छ, जसका कारण विजेताहरूले विश्वभरबाट राम्रो जनसमर्थन पाउने गरेका छन् ।

नेपालबाट यसवर्ष मिस नेपाल लुना लुइँटेलले मिस वर्ल्डमा सहभागिता जनाउनेछिन् । उनले यसको तयारीस्वरुप ‘ब्युटी विथ पर्पस’ परियोजना पर्वतको फलेवासमा संचालन गरिरहेकी छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?