+
+
Shares

जो संसद् भवनको मूल ढोका ढोगेर शपथमा सहभागी भए (तस्वीरहरू)

सिंहदरबारस्थित नयाँ संसद भवनको हलमा शपथ ग्रहणका लागि प्रवेश गर्नुअघि केही सांसदहरुले मूल प्रवेशद्वारमा ढोगेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते १४:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले सिंहदरबारस्थित नयाँ संसद भवनमा आज शपथ ग्रहण गरेका छन्।
  • शपथ ग्रहण अघि केही सांसदहरूले मूल प्रवेशद्वारमा जुत्ता खोलेर शीर नुहाएर ढोगेका थिए।
  • रास्वपाका सागर ढकाल र बालेन शाहले नेपाली मौलिक भेषभूषा र किराँत समुदायको सिलाम साक्मा लगाएर शपथ ग्रहण कार्यक्रममा सहभागी भएका थिए।

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज शपथ ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित नयाँ संसद भवनको हलमा शपथ ग्रहणका लागि प्रवेश गर्नुअघि केही सांसदहरुले मूल प्रवेशद्वारमा ढोगेका थिए । कतिपयले जुत्ता खोलेर शीर नुहाएर ढोगेको देखिन्थ्यो । यसरी ढोग्नेमा रास्वपाका सागर ढकाल पनि एक हुन् ।

नेपाली मौलिक भेषभूषा लगाएर गएका उनीहरु पहिलोपटक सांसद बनेका थिए ।

नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए ।

रास्वपा वरिष्ठ नेता बालेन शाह भने किराँत समुदायमा शुभ संकेत मानिने सिलाम साक्मा लगाएर शपथ ग्रहण कार्यक्रममा सहभागी भएका थिए । उनले भोलि शीतल निवासमा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?