News Summary
Generated by OK AI. Editorially reviewed.- गत २१ फागुनमा भएको निर्वाचनपछि बसेको पहिलो प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
- प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित संघीय संसद्को अस्थायी बहुउद्देश्यीय हलमा सांसदहरूलाई शपथ गराएका छन्।
- शपथ ग्रहणपछि प्रत्येक सांसदलाई संविधान, प्रतिनिधि सभा नियमावली, संयुक्त बैठक संचालन नियमावली राखिएको झोला संघीय संसद् सचिवालयले उपलब्ध गराएको छ।
१२ चैत, काठमाडौं । गत २१ फागुनमा भएको निर्वाचनपछि बसेको पहिलो प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
उनीहरूलाई सिंहदरबारस्थित नवनिर्मित संघीय संसद्को अस्थायी रुपमा बनेको बहुउद्देश्यीय हलमा शपथ ग्रहण गराइएको हो । संघीय संसद् सचिवालयका अनुसार, अब संसद्का केही प्रारम्भिक बैठक पनि सोही हलमा बस्नेछ ।
नवनिर्मित प्रतिनिधिसभाको हल तयार नभएकाले सांसदहरूको शपथ र प्रारम्भिक केही बैठकका लागि अस्थायी हल निर्माण गरिएको हो ।
उक्त हलमा दलको सिट संख्याका आधारमा दलहरूको बस्ने ठाउँ तय गरेको छ ।
शपथलगत्तै प्रत्येक सांसदहरूले संघीय संसद् सचिवालयले एक एक वटा झोला पनि उपलब्ध गराएको छ । उक्त झोलामा संविधान, प्रतिनिधि सभा नियमावली, संयुक्त बैठक संचालन नियमावली राखिएको छ ।
शपथका लागि पुगेका सांसदहरू विभिन्न भेषभूषामा सजिएर पुगेका थिए । संसद् सचिवालयका अनुसार ६३ जना सांसदहरूले आफ्नै मातृभाषामा शपथ लिएका थिए ।



























































प्रतिक्रिया 4