News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार नेप्से ५.३० अंक घटेर २५९४ अंकमा कायम भएको छ, र कारोबार रकम ४ अर्ब १० करोड पुगेको छ।
- ७८ कम्पनीको मूल्य बढ्दा १८७ कम्पनीको घटेको छ, जबकि विकास बैंक र निर्जीवन बीमा समूह मात्रै क्रमशः ०.०८ र ०.३६ प्रतिशत बढेका छन्।
- सर्वोत्तम पेन्ट्स्को मूल्य १४.९९ प्रतिशत बढ्दा धौलागिरि लघुवित्तको १०.०७ प्रतिशत र उन्नती सहकार्य लघुवित्तको ४.२३ प्रतिशत घटेको छ।
९ भदौ, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ५.३० अंक घटेको छ । अघिल्लो दिन १९.१३ अंक घटेको बजार साताको दोस्रो कारोबार दिन पनि घटेरै बन्द भयो । आजको कारोबारपछि नेप्से परिसूचक २५९४ अंकमा कायम भएको छ ।
घटेको बजारमा कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब २३ करोडको कारोबार भएकोमा आज ४ अर्ब १० करोडको भयो । ७८ कम्पनीको मूल्य बढ्दा १८७ कम्पनीको घटेको छ । १२ को मूल्य स्थिर रह्यो ।
आज विकास बैंक र निर्जीवन बीमा समूह मात्रै बढे । विकास बैंक ०.०८ तथा निर्जीवन बीमा ०.३६ प्रतिशत बढे । अरु सबै समूह घटेका छन् । बैंकिङ ०.०३, फाइनान्स ०.९१, होटल तथा पर्यटन ०.७१, जलविद्युत् ०.४२, लगानी ०.०८, जीवन बीमा ०.०९, उत्पादन तथा प्रशोधन ०.२९, माइक्रोफाइनान्स ०.२७, अन्य ०.१८ तथा व्यापार ०.५७ प्रतिशत घटे ।
समूहगत कारोबार हेर्दा सधैंझैं हाइड्रोपावर समूहको सबैभन्दा धेरै कारोबार भयो । सो समूहको मात्रै ६०.६६ प्रतिशत अर्थात् २ अर्ब ४९ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३२ करोड, उत्पादन तथा प्रशोधन ३८ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
हालै सूचीकृत सर्वोत्तम पेन्ट्स्को मूल्य १४.९९ प्रतिशत बढ्यो । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १४.९५, नाडेप लघुवित्तको ६.००, एभरेस्ट कलरको ५.७१, कालिन्चोक हाइड्रोपावरको ५.५६ प्रतिशत मूल्य बढ्यो ।
धौलागिरि लघुवित्तको १०.०७, उन्नती सहकार्य लघुवित्तको ४.२३, रिजलाइन इनर्जीको ३.८६ प्रतिशत मूल्य घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा मकर जितुमाया सुरी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, रिडी पावर, आँखुखोला जलविद्युत् कम्पनी तथा चन्द्रागिरि हिल्स छन् ।
प्रतिक्रिया 4