फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीका सम्बन्धमा भन्सार कार्यालय र मातहतका निकायसँग खोज तथा उद्धारमा समन्वय गर्दैछन्।
- टिमुरे र स्याफ्रुबेँसी आसपास भीषण वर्षापछि केही घण्टाअघि ठूलो बाढी आएको अर्थ मन्त्रालयले जनाएको छ।
- अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक यमलाल भुसाल र मन्त्रालयको प्रशासन पनि समन्वयमा संलग्न छन्।
१० भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीका सम्बन्धमा भन्सार कार्यालय र मातहतका निकायसँग खोज तथा उद्धारका लागि समन्वय गर्दैछन् ।
रसुवाको टिमुरे र स्याफ्रुबेँसी आसपास भीषण वर्षाका कारण केही घण्टाअघि ठूलो बाढी आएको हो ।
यसपछि भन्सार कार्यालय र मातहतका निकायसँग अर्थमन्त्री डा.वाग्ले लगायत मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक यमलाल भुसाल र अर्थ मन्त्रालय प्रशासन सहितको उच्चस्तरीय नेतृत्वबाट खोज तथा उद्धार लगायतका काममा आवश्यक समन्वय भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4