फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज काठमाडौंमा सूचना प्रविधि क्षेत्रका दुई दर्जनभन्दा बढी स्टार्टअपसँग छलफल गर्दै छन् ।
- अर्थ मन्त्रालयको बजेट कार्यान्वयन संवाद शृङ्खलाअन्तर्गत हुने छलफल केहीबेरपछि मन्त्रालयको सभाहलमा सुरु हुँदैछ ।
- छलफलमा बजेटमार्फत सूचना प्रविधि क्षेत्रका लागि लिएको नीतिको कार्यान्वयन, युवा उद्यमीका प्रयास र सरकारी सहजीकरणबारे धारणा आदानप्रदान गरिनेछ ।
९ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जनभन्दा बढी स्टार्टअपहरूसँग छलफल गर्दै छन् ।
बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो । छलफल अर्थ मन्त्रालयको सभाहलमा केहीबेरपछि सुरु हुँदैछ ।
छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीहरूले गरेका प्रयास एवं सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा अर्थमन्त्रीले सरकारको धारणा स्पष्ट पार्नेछन् ।
साथै, सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले देखेका सपना तथा सरकारले गर्नुपर्ने व्यावहारिक एवं नीतिगत सहजीकरणका सन्दर्भमा उनीहरूको मौखिक र लिखित धारणा बुझ्ने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4